करिब ७ लाख बराबरका सुनचाँदीका गहना कारा प्रहरीको नियन्त्रणमा

2k Shares

बारा प्रहरीले ठूलो परिमाणमा सुनचाँदीका तयारी गहना सहित एक जनालाई पक्राउ गरेको छ ।बाराको विश्रामपुर गाउँपालिका १ छतवा टोलको सडकमा सवारी भेकजाचकाे क्रममा मोटरसाइकलमा लिएर आइरहेका व्यक्तिको साथबाट करिब ६ किलो चाँदी र ५७ दशमलव ७१ ग्राम सुनको तयारी गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हाेमिन्द्र बाेगटीले जानकारी दिनुभयाे । 

ना ६१ प ९३४० नम्बरको मोटरसाईकलमा भारतबाट  नेपाल तर्फ आइरहेका विश्रामपुर  गाउँपालिका २ भरवलियाका अन्दाजी २९ वर्षीय रामविनय साहलाई साे परिमाणको तयारी गहनासहित पक्राउ गरिएको हाे ।  बरामद गरेको ५ किलो ९ सय ९८ ग्राम चाँदीका गहनाको अनुमानित बजार मुल्य रु ३ लाख २० हजार र ५७ दशमलब ६१ ग्राम सुनका गहनाको मूल्य रु ३ लाख ६० हजार रहेकाे प्रहरीले जनाएको छ ।

बरामद् गहनासहित पक्राउ परेका व्यक्तिलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज बुझाईने प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाेगटीले बताउनुभयाे ।

सम्बन्धित समाचार