सर्लाहीको कौडेना गाउँपालिका ७, शिवनगर गाउँमा सात दिनदेखि भएको डुबानको सरोकारवालाहरुले स्थलगत निरिक्षण गरेका छन्।लखन्देही खोलाले बारम्बार तटबन्ध बगाउँदा कौडेना गाउँपालिका ७, शिवनगर गाउँमा ७ दिनदेखि भएको डुबानको मधेश प्रदेश सरकारको गृह,संचार तथा कानून मन्त्री विमला अन्सारी,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सतिह जिल्लाका सुरक्षा अधिकारीहरु स्थलगत निरिक्षण गरेका कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार राय यादवले जानकारी दिए ।
उनका अनुसार असार १२ गते भिषण वर्षा भएपछि लखन्देही खोलामा आएको बाढी कौडेना गाउँपालिका ७, मा तटबन्ध भत्काएर शिवनगर गाउँमा बाढी पसेको थियो ।बाढी गाउँमा पस्ने बित्तिकै गाउँपालिकाले तटबन्ध लगाउँने काम सुरु गरि सकेको छ ।गाउँपालिकाले चार पटक तटबन्ध लगाउँने काम गरेपनि पटक–पटक बाढी आएर बगाइरहेको गाउँपालिका अध्यक्ष रुपेशले गुनासो गरे।बाढी गाउँमा पस्दा करिब तीन सय घरधुरी जोखिममा परेका छन्,भने दुई दर्जन बढी घरहरु सात दिनदेखि निरन्तर डुबानमै रहेको कौडेना गाउँपालिकाले जनाएको छ ।
तटबन्ध बगाएको ठाउँमा माटो नै नरहेको र जसोतसो तटबन्ध लगाएपनि बाढी आएर एकैछिनमा बगाइदिने गरेकाले थप समस्या भएको गाउँपालिका उपा अध्यक्ष नागिना देवीले बताईन्।उनका अनुसार वर्षा नरोकिँदा तटबन्ध लगाउने काम प्रभावित बनेको हो।डुबानमा परेका स्थानीयको दैनिकी निकै कष्टकर बनिरहेको स्थानीयले बताएका छन् ।