Close This

सञ्चारको पहुँच तर्फ लम्कँदै तीनपाटन गाउँपालिका, बाहुनतिल्पुङमा टेलिकमको टावर निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२ गते   ६३ पटक हेरिएको

सिन्धुलीको तीनपाटन गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । तीनपाटन गाउँपालिका वडा नम्बर ८ को बाहुनतिल्पुङमा नेपाल टेलिकमको टावर निर्माणको तयारी अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
टावर नहुदा सुचना तथा सन्चार माध्यमबाट पछाडी परेको तीनपाटन गाउँपालिकाको वडा नम्बर ८ बाहुनतिल्पुङमा अबको केहि समयमै नेपाल टेलिकमको टावर निर्माण हुने गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगरले जानकारी दिनु भयो । उहाँका अनुसार लकडाउनको कारण काममा केही ढिलाइ भएको र अब छिट्टै नै काम सुरु हुने छ ।
 टावर नहुँदा त्यस ठाउँका स्थानिय सुचना तथा सन्चार माध्यमबाट बन्चित जस्तै भएका छन् । अब गाउँमै टावर बन्ने भएपछि स्थानियहरु हर्षित भएका गाउँपालिकाकी उपा अध्यक्ष पदम माया तामाङ्गले जानकारी दिनुभयो ।
उक्त टावर निर्माण सम्पन्न भएपछि तिनपाटन गाउँपालिकाको वडा नम्बर ४,७, ८, ९, १०, ,११ र फिक्कल गाउपालिकाको धेरैजसो भुभागका नागरिकहरुले लाभ लिन सक्ने छन् । विद्युत सेवा समेत विस्तार भई सकेको र अबचँडैँ सञ्चार सेवा समेत विस्तार हुने तीनपाटन गाउँपालिकाका उपाध्यक्ष तामाङले बताउनुभयो । पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech