सर्लाहीको चन्द्रनगर गाउँपालिका १ किसनपुरमा प्रथम अध्यक्ष कप पहिलो सिजन क्रिकेट प्रतियोगिता सुरु भएको छ।चन्द्रनगर गाउँपालिका १ किसनपुरको आयोजना तथा रंजित साहको सह आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगितामा २२ वटा टिमको सहभागीता रहेको आयोजक चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले जानकारी दिए ।
चन्द्रनगर गाउँपालिका १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतोले व्याटिङ र चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले बलिङ गरेर प्रथम अध्यक्ष कप प्रतियोगिताको पहिलो सिजन उद्घाटन गरेका सह आयोजक साहले जानकारी दिए ।विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा उद्घाटन गरिएको प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ३० हजार,कप,मेडेल तथा प्रमाणपत्र र द्धितिय पुरस्कार नगद रु १५ हजार कप,मेडेल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।