विर्खेधारा दलचोकि शंखु सडक काल निम्त्याउने र रोग उत्पादन गर्ने कारखाना

1.1k Shares

मेनुका कुमारी पौडेल ललितपुर 


ललितपुरको विर्खेधारा दलचोकि शंखु सडकखण्डको दलचोकी गोठभञ्ज्याङदेखि शंखुसम्मको सडकको अवस्था जिर्ण रहेको छ ।गोठभ्ञ्ज्याङदेखि शंखु लाकुरीभञ्ज्याङसम्म करिब १० किलोमिटर दुरीमा एकाध ठाँउबाहेक सबै ठाँउमा सडकको अवस्था जिर्ण छ ।
यस सडकभएर ईकुडोल, बुखेल मानिखेल हुँदै गोटीखेलका नियमित ओहोरदोहोर गर्ने धेरै सवारी साधन छन । यस रुटमा नियमित २ वटा यात्रुवाहक वस र ६ वटा दूध ढुवानी गर्ने मालवाहक गाडी चल्दै आएका छन ।
दक्षिण ललितपुर कृषिको पकेट र यहाँ अधिकांश जनता कृषि पेशामा संलग्न रहेका छन । कृषिजन्य उत्पादन अन्तरगत तरकारी खेति तथा अन्न उत्पादन र दूध उत्पादन नै यहाँको मुख्य पेसा व्यवसाय रहेकाले यहाँ तरकारी तथा अन्य कृषिजन्य उत्पादन बजारीकरणका लागि धेरै तरकारी गाडीसमेत यहि रुट भएर बजार ओहोरदोहोर गर्दछन । त्यतिमात्र नभएर कृषकले पशुपालनका निमित्त आवश्यक दाना तथा पराल ठूलो मात्रामा यहि रुट प्रयोग गरेर लगिरहेका छन ।
शंखुमा अस्पताल बन्दै गरेको र त्यहा अन्य भौतिक संरचनाहरु निर्माणका लागि टिफर लगायत स्थानी गाडिहरुसमेत हेर्दा दैनिक २०–२५ वटाभन्दा वढी ठुला, मझौला तथा साना सवारीसाधन चल्दै आएको छन । यस रुपमा १०० वटाभन्दा बढी मोटरसाइकल चल्ने यस बाटोमा पछिल्लो समय धेरै नै समस्या आएको छ।
गोठभञ्जयाङदेखि सिलिङ्गेबेसिसम्म बाटो अत्याधिक ठाडो भएकाले र कालोपत्रे नभएकाले यहाँको जनताले वर्षौंदेखि सास्ती भोग्दै आएका छन । सडकमा बर्खाको समयमा भेलले खोलिएका सडकका खाल्डाखुल्डी नपुर्दा गाडि गुड्दै गर्दा बसेको लिक नसम्याउदा, सडकमा उत्रिएका ढुङ्गा तथा गिट्टीको कारणले सडक धेरै नै खतरापूर्ण हुँदै गएको छ ।
कच्ची सडक भएकाले धुलो त्यतिकै छ । सडकमा आवतजावत गर्दा भौतिक दुर्घटना हुने संभावना र जोखिम त छदै छ साथसाथै धुलोले स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गएको अवस्था छ ।
विरामी पर्दा एम्बुलेनसमा बिरामी ओहोरदोहोर गर्न समेत समस्या रहेको स्थानीय कृष्णप्रसाद घिमिरेले गुखेसो पोखे । शंखुको मगर गाउँ माविमा कृििष्ष विषयमा अध्यापन गराउने शिक्षकहरु भन्छ्न, ‘शुक्रबार शनिबार र विदाको समयमा बजार गईन्छ । एक पटक मोटरसाइकलमा चापागाउँ ओहोरदोहोर गर्दा एक हप्ता थकान र शरीर दुखाई हुने र त्यो दुखाइ पुन ठिक नहुदै फेरि चापागाउ घर जाने समय आउने र कहिल्यै थकानमुक्त हुन नसकेको छ ।‘
त्यस्तै मानिखेल स्थाई घर भई हाल शंखुमा डेरागर्दै बस्ने शिक्षिका मनिता घिमिरे पनि बाटाकै कारण र बच्चा सानो भएका कारण विदाको समय शंखुबाट मानिखेल ओहोरदोहोर गर्न गाह्रो भएको गुनासो गर्छिन ।भक्तपुर स्थायी घर भएका र शंखुमै डेरा गरि बस्ने शिक्षिका नारायणी दुवाल र झापा स्थायी घर भएर शंखु डेरा गरी बस्ने सुनिता खनाल पनि सडकको अवस्था र जोखिम देखेर ओहोरदोहोर गर्न एकदमै समस्या र त्रास भएको कमलामाई मिडिया प्रा.लिसँग भने ।
स्थानीय दुग्ध व्यवसायी तथा सवारीधनी लक्ष्मण घिमिरे,दिपक संजेल बुद्ध देशार, लिलाधर घिमिरे बसचालक विजय लामाले निरन्तर गुनासो गर्दै आएका छन ।स्थानीय कृष्णप्रसाद घिमिरे र अनुप शर्मा घिमिरेले यसको लागि पहल कदमि लिने र राज्यका निकायले नगरेमा उनीहरुले सहयोग संकलन गरेरै भएपनि केही हदसम्म सडक सुधार गर्ने अभियानमा रहेको जानकारी गराएका छन ।
कृष्णप्रसादले यसै विषयमा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा,प्रदेश सभासद मिनकृष्ण महर्जनको सचिवालयमा समेत ध्यानाकर्षण गराएका छन । साथसाथै स्थानीय सहयोगी भावना भएका बुद्धिजीवी,सवारीधधी तथा दुग्ध व्यवसायीसम्म कुरा राखिसकेको र सहयगको लागि सबै तयार भैसकेको जानकारी गराएका छन ।
यो सडक खण्डको दलचोकिदेखि सिलिङ्गेवेसिसम्म पुर्न,आर सि सि ढलान गर्न र स्तरोन्नति को काम गर्न पहलकदमी लिनका लागि प्रदेश सांसद मिनकृष्णको सचिवालयलाई कृष्णप्रसाद घिमिरेले ध्यानाकर्षण गराएका छन । दक्षिण ललितपुरको मध्यभागमा पर्ने यस सडक लेले चोन्दनपुर सडक र मध्यमार्गी सडकको बैकल्पिक सडक हो भने ईकुडोल छपेलि सडकको पनि बैकल्पिक सडक रहेको सय सडकबाट दक्षिण ललितपुरका सबै वडामा जान सकिने मुख्य तथा सहायक सडक संजाल जोडिएको छ ।
सडक निर्माण भएको झण्डै दुई दशक बितिसक्दा समेत सडकको अवस्था सुधार हुन नसकेकाले यहाँका स्थानीय सधै गुनासो गरिरहेका हुन्छन् । राज्यको तीन तहको सरकार भएपनि कुनै पनि सरकारले जनताको दैनिकीसँग जोडिएका सडक र यातायात क्षेत्रमा प्रभावकारी काम गर्न नसकेकाले अहिले सरकार र सरकारी निकायप्रति कडा आलोचना र गुनासो बढ्दै गएको आभाष भैरहेको अनुभुति यहाँका जनतालाई भईरहेको छ ।
सडककै जिर्ण अवस्था र जोखिमपूर्ण यात्राले कतै ठूलो जनधनको क्षति नहोला भन्न नसकिने अवस्था रहेकाले तत्काल यसको समाधान दिनको अहिले स्थानीय युवाहरुको व्यापक दवाव राज्यको निकायलाई दिईरहेका र जनप्रतिनिधिलाई घच्घचाई रहेका छन । अब पनि राज्यको निकायले तत्काल १ हप्ताभित्र यसको पहलकदमि लिएर काम नसके स्थानीय जनताहरु आफै मिलेर काम गर्ने योजनामा रहेको कुरा स्थानीय कृष्णप्रसादले बताए ।

सम्बन्धित समाचार