रु ७४ लाख भन्दा बढीको छ सय ५० कार्टुन ग्याँस लाईटर बरामद्

449 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय कर्मैयाले बागमती नगरपालिका १२ स्थित पुर्व पश्चिम लोकमार्गबाट ठूलो मात्रामा अवैध चाईनिज ग्याँस लाईटर बरामद् गरेको छ।बागमती नगरपालिका १२ स्थित पुर्व पश्चिम लोकमार्गमा वीरगन्जबाट जनकपुर तर्फ आउँँदै गरेको प्रदेश २–०१–००१ ख ०१५३ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा सो ट्रकबाट मेड ईन चाईना लेखिएको चाईनिज ग्याँस लाईटर छ सय ५० कार्टुन बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार वीरगन्जबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ०१५३ नम्बरको ट्रकमा लोड भएको छ सय ५० कार्टुन अन्दाजी मुल्य रु ७४ लाख २४ हजार एक सय बराबरको अवैध ग्याँस लाईटर इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रदेश २–०१–००१ ख ०१५३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रक भित्र मेड ईन चाईना लेखिएको चाईनिज ग्याँस लाईटर छ सय ५० कार्टुन अन्दाजी मुल्य रु ७४ लाख २४ हजार एक सय बराबरको समानहरुको प्रज्ञापन पत्र नभएको र बिल भरपाई शंकास्पद रहेको पाइएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।नियन्त्रणमा लिएको उक्त सामान आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार