सर्लाहीको ईलाका प्रहरी कार्यालय बरथवाले स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा पालना नगरेको भन्दै बरथवाका व्यापारीलाई पक्राउ गरेको छ । स्थानिय प्रशासनले घोषणा गरेको निषेधाज्ञा पालना गर्न गराउँन आग्रह गर्ने क्रममा प्रहरीलाई दुव्र्यवहार गरेको भन्दै वरथवा नगरपालिकाका ७ निवासी बरथवाका व्यापारी तथा नेपाली काग्रेसका सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्र दासलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनु भयो ।
कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लाभरि निषेधाज्ञा लगाएको छ । विश्वव्यापी महामारीबाट आम सर्वसाधारणलाई जोगाउन निषेधाज्ञा नै प्रभावकारी देखिएको छ । निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरेरै धेरै देशले कोरोनालाई सहजै जित्न सफल भएका उदाहरणहरु पनि छन् । भने सरकारले निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कानुनी कार्बाही गर्र्ने प्रावधान नै ल्याएको छ ।
सर्लाहीमा निषेधाज्ञा पालना गराउन खटिएका प्रहरीलाई काम गर्न नदिने, असहयोग गर्ने र मनोबल घटाउने जस्ता गतिविधि गरेको भन्दै दासलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भाटले बताउनुभयो । दासलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस बरथवा नगर समितिले विारेध समेत जनाएको छ । कांग्रेस बरहथवा नगर समितिका सभापति उपेन्द्र कुशवाहले एक विज्ञप्ती जारी गर्दै आफ्ना नेता दासलाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध गरेका छन् ।
निषेधाज्ञा उल्लंघन नगर्नका लागि आग्रह गर्दा प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा कांग्रेसका क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानियबासीले समेत प्रहरीलाई साथ दिई निषेआज्ञाको पालना गरेका भएपनि ठुला भनिएकाहरुबाट निषेआज्ञा उल्लंघन हुनुले आफुहरुलाई जल्लजीत बनाएको एक प्रहरी अधिकारीले बताउनुभयो । बढी जनसंख्या भएको र भिडभाड बढी हुने बरहथवामा प्रहरी सक्रियताकै कारण निषेधाज्ञा पूर्ण पालना भइरहेको छ । सुरक्षाकर्मीले कडाइ नगरेर भिडभाड बढेर संक्रमण फैलने डर स्थानीयलाई छ ।