Close This

कर्मैया खानेपानीको १५ औं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा काफ्ले चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-७ गते   १३६९ पटक हेरिएको

कर्मैया खानेपानीको १५ औं वार्षिक साधारण सभा सम्पन्न पश्चात चयन भएका कार्य समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुसंग नगर प्रमुख थापा संयुक्त फोटो

सर्लाहीको बागमती नगरपालिका ११ मा रहेको कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १५ औं वार्षिक साधारण सभाले हरिराम काफ्लेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति र हरि प्रसाद पुडासैनीको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । 
१५ औँ वार्षिक साधारण सभाले पुर्ण बहादुर थापा उपाध्यक्ष,चन्द्र बहादुर भोलन सचिव,शम्भु कुश्वार सह सचिव र शुशिला खरेललाई कोषाध्यक्षमा चयन गरेको छ । त्यस्तै सदस्यहरुमा भोज बहादुर राई,राजेन्द्र श्रेष्ठ,कालि बहादुर भट्टराई,भगवान सापकोटा,राम प्रसाद विमली,मंगली माया घिसिङ,कन्च माया विश्वकर्मा,भिमसेन थापा,आशा विश्वकर्मा,पंची माया थिङ चयन गरेको संस्थाका निवर्तमान अध्यक्ष रिपुमर्दन आले मगरले जानकारी दिए ।त्यसैगरी लेखा समितिमा हरि प्रसाद पुडासैनी संयोजक र शंकर बहादुर थापा, घनश्याम थापा,हेट बहादुर श्रेष्ठ र विनिता दाहाललाई सदस्यमा  चयन गरिएको छ ।
संस्थाको प्राङ्गणमा भएको १५ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७८/०७९ मा रु १ करोड ९१ लाख ३८ हजार ५ सय ६० बराबरको आयव्यय प्रस्तुत गरिएको छ । संस्थाले आर्थिक वर्ष २०७९/०८० को अनुमानित आयव्यय रु २ करोड १४ लाख ३० हजार  ६० बराबरको आयव्यय संस्थाको १५ औं वार्षिक साधारण सभामा प्रस्तुत भएको थियो ।
 संस्थाको १५ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष ०७५/०७६ देखि आर्थिक वर्ष ०७८/०७९ सम्मको बार्षिक लेखापरीक्षण प्रतिवेदन,अनुमानित आयव्यय विवरण,के.पि.आई विवरण तथा पानी परिक्षण रिपोर्ट समेतको विवरण प्रतिवेदन र आर्थिक वर्ष ०७९/०८० को लागि प्रस्तावित नीति र कार्यक्रम प्रस्तुत गरिएको संस्थाका सदस्य भिमसेन थापाले जानकारी दिए । बागमती  नगरपालिकाको पुरानो वडा नम्बर १ देखि ९ सम्मका करिब २ हजार ८ सय उपभोक्ताहरुलाई शुद्ध पिउने पानी वितरण गरिरहेको संस्थाले जनाएको छ 
बागमती नगरपालिका ११ मा रहेको कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १५ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रिपुमर्दन आलेमगरको अध्यक्षता तथा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको प्रमुख सम्पन्न भएको  हो । १५ औं वार्षिक साधारण सभामा नगरका विभिन्न जनप्रतिनिधिहरुका साथै  संस्थाका कर्माचारीहरु र उपभोक्ताहरुको विशेष उपस्थिति रहेको संस्थाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech