Close This

माओवादी केन्द्र प्रदेश २ को अधिवेशन शनिबार जनकपुरमा हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२४ गते   १५५२ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) प्रदेश २ को अधिवेशन जनकपुरमा हुने भएको छ । भोली(शनिबार) जनकपुरमा हुने उद्घाटन सत्रको लागि तयारी तिव्र पारिएको(माओवादी केन्द्र) प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनु भयो । 
उहाँका अनुसार उद्घघाटन सत्रको सम्बोधन भर्चुअल माध्यामबाट केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डका साथै माओवादी केन्द्रका प्रदेश २ बाट स्थायी समिति सदस्यहरु गिरीराजमणि पोखरेल, मातृका प्रसाद यादव र गणेश साह लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
अधिवेशनमा प्रदेश २ का ८ वटै जिल्लाबाट कबिर १ हजार जना अधिवेशन प्रतिनिधि सहभागि हुने छन् । १ सय ३६ स्थानिय निकायबाट ६ सय, आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि अधिशनमा सहभागी हुने माओवादी केन्द्र प्रदेश २ ले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech