बाँके जङ्गलमा दुई वटा माेटरसाईकल दुर्घटना

505 Shares

पुर्व पश्चिम राजमार्ग स्थित बाँकै जंगलकाे जर्लाही पुन नजिक आज(साेमबार) बिहान करिब ८:४० बजे दुई वटा माेटरसाईकल दुर्घटना भएको छ । पश्चिमबाट पुर्व तर्फ हिडेका दुईवटा माेटरसाईकल चर्न निस्केका पाठाहरुलाई बचाउने क्रममा एक आपसमा ठाेक्किएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश ३-०२-००८ प ०१७४ नम्बरको माेटरसाईकल र साेही दिशावाट जाँदै गरेकाे बागमती प्रदेश ०२-०१६ प ९०४८ नम्बरकाे माेटरसाईकल चर्न निस्केका पाठाहरुलाई बचाउने क्रममा दुर्घटनामा परेका हुन । दुर्घटनामा कती जना घाईते भए भन्ने एकिन विवरण आउन बाँकी रहेकाे र दुर्घटना स्थल तर्फ अस्थायी ट्राफिक प्रहरी कार्यालय माईस्थान गाैसाला चाेकबाट ट्राफिक प्रहरी टाेली प्रस्थान गरि सकेकाे महाेत्तरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार