नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्बासी संगठन सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले अनेरास्ववियुका केन्द्रीय सदस्य उत्तम परियारको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेको छ ।
नेकपा(एमाले) संसदीय दलकी सचेतक एवम पोलिटब्युरो सदस्य तथा नेपाल भूमिहिन सुकुम्बासी संगठनकी केन्द्रीय अध्यक्ष शान्ता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष जित बहादुर गोले, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य राजकुमार उप्रेती, अनेम संघकी केन्द्रीय सदस्य रिता मैनाली, एमाले जिल्ला अध्यक्ष राज नारायण साह, नेपाल भूमिहिन सुकुम्बासी संगठनका केन्द्रीय सदस्य सरस्वती सुब्बा, नेकपा एमालेकी नेतृ विभा नेपाल, मिना श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ । भेला राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीको भवनमा सम्पन्न भएको हो ।