बागमती ८ को नव जन जागरण मा.वि.का शिक्षक शिक्षिकाहरुद्धारा अक्षयकोषमा एक लाख बढी जम्मा

755 Shares

सर्लाहीको बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नव जन जागरण मा.विका शिक्षक शिक्षकहरूले मिलेर अक्षयकोषमा एक लाख भन्दा बढी रकम जम्मा गरेका छन्।विद्यालयमा अध्ययनरत विपन्न र जेहनदार छात्र छात्राहरूको पठन पाठनमा सहयोग पुर्याउने उद्देश्य सहित विद्यालयले गत पुषमा अक्षयकोष स्थापना गरेको प्रधानाध्यापक बद्री प्रसाद पोख्रेलले जानकारी दिए।उनका अनुसार विद्यालयले करिब एक महिना पहिला स्थापना गरेको अक्षय कोषमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले रु एक करोड छ लाख आठ सय ३१ रकम जम्मा गरेका छन्।
 विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरूले ऐक्यवद्धता सहित रु एक लाख छ हजार आठ सय ३१ बराबरको अक्षय कोषमा जम्मा गरेका विद्यालय प्रशासनले जनाएको छ।विद्यालयका अनुसार अक्षय कोषमा रकम जम्मा गर्दै उनीहरुले अभिभावकहरूलाई समेत विभिन्न अवसरमा खर्च गर्ने रकम विद्यालयको अक्षय कोषमा जम्मा गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
 गत पुषमा स्थापना गरिएको अक्षय कोषमा स्थानीय ,विभिन्न संघ÷ संस्था,सामाजिक व्यक्तित्वहरूले समेत गरी उत्साहजनक रुपमा कोषमा रु पाँच लाख बढि रकम जम्मा भई सकेको प्रधानाध्यापक पोख्रेलले बताए ।प्राविधिक सहितका विभिन्न संकाय मा अध्यापन अध्यायन भई रहेको नव जन जागरणले पढ्दै कमाउँदै कार्यक्रम समेत सञ्चालन गरि रहेको छ।जसका कारण विपन्न परिवारका छात्र छात्राहरुलाई पढ्दै कामाउँदै गर्दा परिवारलाई थोरैभएपनि आर्थिक राहत मिलेको विद्यालयले जनाएको छ।विद्यालयमा अध्यायनरत छात्र छात्राहरुले कुखुरा,खसी,राँगा पालनाका साथै आलु खेती समेत गरि रहेका विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार