Close This

सर्लाहीमा अब ७० जना क्वारेन्टाईनमा,आज १ जना डिस्चार्ज

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२० गते   ३०५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले व्यावस्थापन गरेको क्यारेन्टाईनमा रहेका ३ जना मध्ये १ जना आज डिस्चार्ज भएका छन ।
वडा नम्बर ९ को प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाईनमा रहेका १९ वर्षिय पुरुषको आज अन्तीम आरडिटी टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डक्टर चन्दन चौधरीले जानकारी दिनु भयो । उनको आज अन्तीम पटक आरडिटी टेष्ट गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका कारण डिस्चार्ज गरिएको डा चौधरीले जानकारी दिनु भयो । आज लालबन्दीको क्वारेन्टाईनमा रहेका ३ जनाको  आरडिटी टेष्ट गरिएको र तिनै जनाको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र कुमार खतिवडाले बताउनु भयो । अब सो क्वारेन्टाईनमा वर्ष ४७ र २० का २ जना पुरुषहरु रहेका छन । सो क्वारेन्टाईन बैशाख १ गतेदेखि बैशाख ९ गतेसम्म गरी ६ जना रहेकामा यस अघि ३ जनालाई आरडीटि रिपोर्ट नेगेटिभ आएको भन्दै डिस्चार्ज गरिएको थियो । 
सर्लाही जिल्लामा अब ७० जना जिल्लाका विभिन्न स्थानमा व्यावस्थापन गरिएको क्वारेन्टाईनमा रहेका छन उनिहरुको आरडिटी नेगेटिभ आउने क्रम जारी रहेको र कतिपयको आरढिटी पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो ।
क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी तथा पिसिआर टेष्ट गर्ने क्रम जारी रहेको प्रजिअ जिसीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech