हरिवन र कविलासीमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो,जि.प्र.का.सर्लाहीका प्र.ना.उ.राई आउने

408 Shares

सर्लाहीको हरिवन र कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ।लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा यी पालिकाको काम काज प्रभावित भएको थियो।अन्य शाखाका सिनियर अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम काज गर्दै आएका भएपनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या देखा परेको थियो । 
मन्त्रालयले ७१ जना उपसचिवहरुको सरुवा निकाल्दा सर्लाहीको हरिवन र कविलासी नगरपालिकामा उपसचिव स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको हो।हरिवन नगरपालिकामा उपसचिव हेमराज फूँयाल र कविलासी नगरपालिकामा उपसचिव तिर्थराज पौडेललाई मनत्रालयले सरुवा गरेर पठाइएको मन्त्रालयका प्रवत्तःा एवम सह सचिव काली प्रसाद पराजुलीले जानकारी दिए ।
हरिवन नगरपालिकामा अर्को व्यवस्था नहुँदासम्मका मन्त्रालयले लागि लेखा प्रमुख प्रतिक कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो।कविलासी नगरपालिकामा अहिले आयुर्वेद शाखाका स्वास्थ्यकर्मी राजकिशोर महतोले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका छन्।मन्त्रालयले केही दिनअघि सर्लाहीको तीनवटा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको थियो ।स्वास्थ्य तथा शिक्षातर्फका कर्मचारीलाई निमित्त दिएर काम गरिँदै आएको धनकौल,ब्रम्हपुरी र विष्णु गाउँपालिका र बागमती नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहीन छन् ।
नगरपालिकामा उपसचिव स्तरको र गाउँपालिकामा शाखा अधिकृत स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउने गरिएको भएपनि मधेशका कतिपय पालिकाहरुमा जनप्रतिनिधिहरुले आफू अनुकुलको काम गराउन निकटका जुनसुकै शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गराउने परिपाटी रहेको छ ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा प्रहरी नायब उपरीक्षक सरोज राईलाई पठाएको छ ।तत्कालीन प्रहरीनायव उपरिक्षक दीपक श्रेष्ठ प्रहरी उपरिक्षकमा बढुवा भएर गएसँगै जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही करिब दुई सातादेखि प्रहरी नायव उपरिक्षक विहीन रहेको थियो।प्रहरी प्रधान कार्यालयले एक सय २३ जना प्रहरी नायव उपरिक्षकहरुको सरुवा निकाल्दा भर्खरै प्रहरी निरिक्षकबाट प्रहरी नायव उपरिक्षकमा बढुवा भएका राईलाई सर्लाही पठाएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय उजुुरी छानविन तथा मानव अधिकार शाखा रानिपोखरीमा कार्यरत प्रहरी नायव उपरिक्षक राई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको प्रवक्ता एवम सूचना अधिकारीको रुपमा रहने छन् ।

सम्बन्धित समाचार