सर्लाहीको उत्तरी क्षेत्रका विभिन्न सामुदायिक वन उपभोक्ता समुहको निरिक्षण तथा अनुगमन गरिएको छ।डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जिल्लाको लालबन्दी नगरपालिका १७ स्थित रहेको जयबृद्ध सामुदायिक वन उपभोक्ता समुह, पारिजात सामुदायिक वन उपभोक्ता समुह र घुम्तिदेउराली सामुदायिक वन उपभोक्ता समुह लगायतका सामुदायिक वन क्षेत्रमा विगत आर्थिक वर्षहरुमा संकलन भई घाटगद्धीमा रहेका काठ/दाउरा व्यवस्थापनको लागि निरिक्षण तथा अनुगमन गरिएको डिभिजन वन कार्यालय लालबन्दीका सहायक वन अधिकृत हिरोहित चौधरीले जानकारी दिए ।
उनका अनुसार शनिबार बिदाको दिन भएपनि जिल्लाका सामुदायिक वन उपभोक्ता समुहहरुको स्थलगत अवलोकनका साथै निरिक्षण र सुझाब लगायतका काममा डिभिजन वन कार्यालय लालबन्दी सहित मातहतका कार्यालयहरुका कर्मचारीहरु निरन्तर लागि परेका छन् ।सप्तामा छ दिन कार्यालयको काममा व्यस्त रहने कर्मचारीहरुलाई फ्रेस बनाउन पनिसहयोग पुग्ने साथै जिल्लाका सामुदायिक वन उपभोक्ता समुहहरुको गतिविधिहरु पनि अवलोकन गरिने डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।