पर्सा सशस्त्र प्रहरीको असुली धन्दा,तस्करको साँठगाँठमा तस्करी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१४ गते   १८१० पटक हेरिएको


पर्साको वीरगंज भन्सारदेखि ग्रामीण भेगका नाकाहरुबाट खुल्लम खुल्ला रुपले तस्करी भइरहेको छ ।सिमानाकाको सुरक्षामा खटिएको शसस्त्र प्रहरीको मिलेमतोमा पर्साको वीरगंज भन्सारदेखि ग्रामीण भेगका नाकाहरुबाट खुल्लम खुल्ला रुपले तस्करी भएको हो । 
वीरगंज भन्सारदेखि ग्रामीण भेगका नाकाहरुवाट सिमानाकाको सुरक्षाको लागि स्थापना गरिएको शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)हरुका बिओपी पतिहरुले तस्करहरुसंगबाट चर्काे रकम असुलेर लाईन दिने गरेका पाइएको छ ।
 सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु नै तस्कर समूहहरूसँग रकमको प्रलोभनमा परी जिम्मेवारीबाट पन्छिनुको कारणले गर्दा भारतवाट नेपाल र नेपालबाट भारततर्फ अवैध मालसामानहरु लैजाने र ल्याउने गरेको स्रोतले जनाएको छ । पर्साको वीरगंज भन्सार, छपकैया नाका, ड्राइपोर्ट,अमरपट्टि नाका, प्रसौनी नाका, सबैठवा नाका भिस्वा नाका, मिर्जापुर नाका, स्वर्णपुर नाका र ठोरी लगायतका नाकाहरुमा रहेका बिओपी पतिहरुको मिलोमतोमा दिनहुँ करोडौंको राजस्व छली गैर कानुनी तरिकाबाट भारतवाट नेपाल र नेपालवाट भारततर्फ अवैध सामानहरु ओसार पसार हुने गरेको पाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा.गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक तेज पोखरेलले तस्करीमा कडाई गर्ने निर्देशन दिए पनि पर्सामा रहेका बिओपी पतिहरुले केही दिनमा उनीहरूको सरुवा हुने भएकाले आफ्नो हाकिमको निर्देशन विपरीत विभिन्न नाकाहरु ठुलो मात्रामा तस्करीको लाइन दिएको एक सशस्त्र प्रहरी अधिकारीले बताए ।
यसैगरी सशस्त्र प्रहरी हेडक्वाटरले वीरगंज भन्सार, छपकैया, ड्राईपोर्ट, प्रसौनी, भिस्वा र भिखमपुरका लगायतका बिओपी पतिहरुलाई फिर्ता बोलाई उक्त बिओपीहरुमा नयाँ बिओपी पतिहरुलाई पठाएको छ । नयाँ आएका  बिओपी पतिहरुले  केही दिन सिमानाकाहरुमा देखावटीको लागि कडाई गरी तस्कर समूहलाई धम्क्याएर अहिले मोटो रकम तस्करीको लाइन सुचारु गराएको स्रोतको दाबी छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech