Close This

मधेश प्रदेशका मिटरव्याजी पीडितहरुको पैदल यात्रा लालबन्दीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-३ गते   ४६ पटक हेरिएको

गणेश खड्का
मधेश प्रदेशका मिटरव्याजी पीडितहरुले काठमाण्डौँसम्म पैदल यात्रापछि आन्दोलन गर्ने भएका छन् । आन्दोलन गर्न काठमाण्डौँ हिँडेका मिटरब्याजी पीडितहरुले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन समेत गरेका छन् । 
मधेश प्रदेशको सप्तरीबाट सुरु भएको पैदल यात्रा शुक्रबार सर्लाहीको लालबन्दी आईपुगेको हो । लालबन्दी आइपुगेका मिटरब्याजी पीडितहरुको मार्च अभियान लालबन्दीबाट शनिबार रौतहट तर्फ लाग्ने अभियानमा हिडेका संघर्ष दाहालले बताए ।
उनले मिटरब्याज विरुद्धको संघर्ष समिति नेपाल करिब २ सातासम्म हिँडेरै काठमाण्डौँ सकरारलाई धचधच्याउने  रकाठमाण्डौँ मै आन्दोलन गर्ने बताए ।
साहु महाजनबाट लिएको मिटरब्याजको ऋणले उठिवास नै लाग्ने अवस्था भएपछि पीडितहरुले जिल्लामा आन्दोलन गरेर थाकी संघीय राजधानी काठमाण्डौँ केन्द्रित आन्दोलन गर्ने तयारी गरेका हुन ।
तराई मधेशका साहु महाजनले कपाली तमसुक बनाई थोरै पैसाको ऋण दिने तर धेरैको कागज बनाउने,ऋण चुक्ता गरिसक्दा पनि अझ धेरैको कागज देखाउने,भन्नेबित्तिकै पैसा नदिएपछि घर जग्गा नै रोक्का गर्ने,अदालतमा मुद्दा हाल्ने जस्ता अन्याय गर्दै आइरहेका छन् ।भने विभिन्न प्रकारका धाकधम्की लगाउने लगायतका कारण आफुहरु घरमा बस्न सक्ने अवस्था नरहेकाले आन्दोलन मार्फत आफ्ना  समस्या सरकारलाइ सुनाउन पैदल यात्रामा निस्केको ममता देवीरायले बताईन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech