अख्तियार आयुक्त सिलवालद्धारा (बागमती माछा पोखरी)भरत तालको अनुगमन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२ गते   ५०२ पटक हेरिएको

आयुक्त सिलवाल भरत तालको स्थलगत अनुगमनमा साथमा नगर प्रमुख थापा

शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको (बागमती माछा पोखरी)भरत तालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तले अनुगमन गरेका हुन । बागमती नगरपालिकाले पर्यटकीय गन्तव्यको रुपमा निर्माण सुरु गरेको एक सय २१ विघा क्षेत्रफलको (बागमती माछा पोखरी)भरत तालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले अनुगमन गरेका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

आयुक्त सिलवाल भरत तालमा डुंगामा सयर
उनका अनुसार बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको एक सय २१ विघा क्षेत्रफलको मानव निर्मिता(बागमती माछा पोखरी)भरत तालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सिलवालले अनुगमन गरेका हुन ।
बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको एक सय २१ विघा क्षेत्रफलको मानव निर्मिता (बागमती माछा पोखरी)भरत तालको निर्माण सम्पन्न हुँदा दक्षिण यसिया कै सबै भन्दा ठुलो मानवनिर्मिता ताल हुने नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन ।
विभिन्न समयमा विभिन्न बाहनामा पटक पटक विवादमा आएको (बागमती माछा पोखरी)भरत तालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त सिलवालले अनुगमन गरेका हुन । अनुगमनको क्रममा अख्तियारका आयुक्त सिलवालले (बागमती माछा पोखरी)भरत तालमा आन्तरिक तथा बाह्य पर्यटकको सम्भाव्यता,निर्माण सम्पन्न हुन लाग्ने खर्च अनुमान,हाल समम भएको खर्च अनुमान र भावि योजनाहरुको बारेमा चासो राखेका बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोख्रेलले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत पोख्रेलका अनुसार आयुक्त सिलवालले (बागमती माछा पोखरी)भरत ताल बहुउपयोगी रचनात्मक आयोजना रहेको बताउँदै बागमती नगरपालिकालाई सफलताको शुभकामना समेत व्यक्त गरे । (बागमती माछा पोखरी)भरत तालको डुंङ्गामा सवार पछि (बागमती माछा पोखरी)भरत तालमा सञ्चालीत डुंङगामा सवार गर्ने आन्तरीक तथा बाह्य पर्यटकहरुले पोखराको फेवातालको हल्को मेटाउने आफुले महसुस गरेको आयुक्त सिलवालले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech