नेकपा(एमाले)की केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला सह–इन्चार्ज रीता कुमारीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेकी छन् । नेकपा(एमाले)ले जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरेको प्रति असन्तुष्टी जनाउँदै उनले एक प्रेस विज्ञप्ती जारी गरि आफु पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको घोषणा गरेकी हुन् ।
नाकावन्दीको विरोध गरेर राष्ट्रवादी छवी बनाएको नेकपा(एमाले) र एमाले अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीका नाईके उपेन्द्र यादवसँग गठबन्धन गरेर देश र जनतालाई धोका दिने कार्य गरेको विज्ञप्तीमा आरोप लगाएकी छन् ।
अर्कोतर्फ देशमा राजसंस्था पुनःस्थापना गर्ने,संघीयता खारेज गर्ने जस्ता जनविरोधी एजेन्डाहरुलाई प्राथमिकताका साथ अगाडि बढाएको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)सँग एमालेले जनविरोधी गठवन्धन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । एमाले छाडेकी केन्द्रीय सदस्य रीता स्थानिय निकायकोनिर्वाचन २०७९ बैशाख ३० मा नेकपा(एमाले)को तर्फबाट ब्रम्हपुरी गाउँपालिकाको अध्यक्ष पदकी उम्मेदवार थिएन् ।
एमाले त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहको समूहतर्फ लागेकी स्रोतले जनाएको छ । यसअघि एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपाने पनि एमालेबाट राजिनामा दिएर प्रभुकै खेममा लागिसकेका छन् । न्यौपानेले एमालेका अन्य जिल्ला तहका नेताहरु पनि आफूहरुकै समूहमा आउने तयारीमा रहेको दावी गरेका छन् ।
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन २०७९ को प्रचार प्रसार अभियान चलि रहेको समयमा निरन्तर एमालेका नेता कार्यकर्ताहरुले एमाले परित्याग गर्दानेकपा(एमाले)लाई ठूलो झड्का लागेको छ ।