बस र म्याजिक ठाेक्किदा पन्तकाे मृत्यु,अरु ८ जना घाईते

315 Shares

पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्ज घिमिरे चोकमा बसले म्याजिकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् ।विराटनगरबाट सर्लाही सदरमुकाम मलंगवा तर्फ आउदै गरेको ना ६ ख ७२२७ नम्बरको बसले लालबन्दीबाट फूलजोर तर्फ जाँदै गरेको ना १ ज २६४५ नम्बरको म्याजिकलाई ठक्कर दिँदा म्याजिकमा सवार लालबन्दी नगरपालिका १७ रानिगन्जकी अन्दाजी वर्ष २२ की सोना पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार म्याजिकमा सवार ईश्वरपुर नगरपालिका ७ पोखरीटोलकी अन्दाजी वर्ष ६५ की शान्ति देबी राम,ईश्वरपुर नगरपालिका ४ सागरनाथकी अन्दाजी वर्ष २२ की अमिसा श्रेष्ठ सोही ठाउँकी अन्दाजी बर्ष ५६ की फुल कुमारी घलान,अन्दाजी वर्ष ४५ की बबिता श्रेष्ठ,इश्वरपुर नगरपालिका ६ का अन्दाजी वर्ष १८ का अंकित महतो,अन्दाजी वर्ष १९ का राज किशोर साह,अन्दाजी वर्ष ५४ का रबिनाथ महतो र लालबन्दी नगरपालिका १ का अन्दाजी बर्ष २१ का बिजय तामाङ घाइृते भएका छन् ।
लालबन्दीबाट फूलजोर तर्फ जाँदै गरेको म्याजिकलाई पुर्व पश्चिम राजमार्ग अन्तरगत  सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्ज घिमिरे चोकमा यात्रु ओराल्न रोकेको समयमा बसले ठक्कर दिएको  प्रहरीले जनाएको छ ।सवारी दुर्घटनाका सबै घाईतेहरुको लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिमा उपचार भई रहेको छ।दुर्घटनामा संग्लग्न दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् ।दुर्घटनामा संग्लग्न म्याजिकका चालक इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् भने बसका चालक फरार छन् ।

सम्बन्धित समाचार