ईश्वरपुरका दुई वडामा बृहत घुम्ती शिविर सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२९ गते   ४६६ पटक हेरिएको

गणेश खड्का
सर्लाहीको ईश्वरपुर नगरपालिकाले नगरका दुई वटा वडाहरुमा सामाजिक सुरक्षा भक्ता सहितको संयुक्त घुम्ती शिविर सञ्चालन गरेको छ । इश्वरपुर नगरपालिका १० र ११ को संयुक्त वडा कार्यालयमा सामाजिक सुरक्षा भक्ता, अपाङ्ग परिचयको सवालमा परामर्स सहित जेष्ठ नागरिकहरुलाई हर्लिक्स वितरण गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार सामाजिक सुरक्षा भक्ता, अपाङ्ग परिचयको सवालमा परामर्सको वृहत घुम्ती शिविरमा करिब तीन सय जना जेष्ठनागरिकहरुलाई  हर्लिक्स वितरण गरिएको हो ।


उक्त शिविरमा सामाजिक सुरक्षा भत्ताको लागि २७ जनाको नयाँ नाम दर्ता,अपाङ्ग परिचय पत्रतर्फ (क) वर्गका एक जना,(ख) वर्गका ३ जना,(ग) वर्गका एक जनासहित प्रक्रिया नपुगेका ९० जनालाई उचित परामर्श प्रदान गरिएको छ भने करिब तीन सय जना ज्येष्ठ नागरिकलाई हर्लिक्स वितरण गरिएको ईश्वरपुर नगरपालिका १० का वडाध्यक्ष राशनारायण चौधरीले जानकारी दिए । 

उनका अनुसार नगर प्रमुख आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साधारण स्वास्थ्य जाँच तीन सय ९५ जनालाई र  छ सय ८९ पशु चौपायलाई औषधी उपचार गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech