सर्लाहीको बागमती नगरपालिका ३ धरहराबाट जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडे पक्राउ परेका छन् । बागमती नगरपालपका ३ धरहराबाट जुवा खेलिरहेको अवस्थामा रु ५ लाख सहित १२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । धरहरास्थित ढलकबहादुर तामाङको घरबाट मंगलबार राति जुवा खेलीरहेका भन्ने सुचनाको आधारमा पुगेको प्रहरीको गस्ती टोलीले करिब ११ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । प्रहरी निरिक्षक गिरीको नेतृत्वको टोलीले रु ४ लाख ८४ हजार ५० र कौडा सहित १२ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बागमती नगरपालिका ३ का ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय संचर घिसिङ र ३४ वर्षीय जितबहादुर बम्जन, बसवरिया गाउँपालिका ५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन्।
त्यस्तै‚ हरिवन नगरपालिका १० का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी र ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका ५ का २८ वर्षीय जुनैन अंसारी र बरहथवा नगरपालिका १० का २९ वर्षीय रामबिर चौधरी, रौटहटको चन्द्रनगर नगरपालिका १ का ५१ वर्षीय दिलबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता माधब प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । पक्राउ परेका १२ जनालाई जुवातास नियन्त्रण ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।