नेपाल आयल निगमले पेट्रोलीयम पदर्थाको मुल्य घटाएको छ।बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच र डिजल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो।घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू भएको छ ।
घटेको मूल्य अनुसार चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु एक सय ६२, डिजल र मट्टीतेल रु एक सय ५२ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।
त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर रुएक सय ६४,डिजल तथा मट्टीतेल रुएक सय ५४ कायम भएको छ ।काठमाडौं,पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर रु एक सय ६५ र डिजल तथा मट्टीतेल एक सय ५५ कायम भएको निगमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।