Close This

पूर्व–पश्चिम रेल मार्गको काम लक डाउनमा पनि निरन्तर

रासस    प्रकाशित: २०७७-५-२० गते   ३७६ पटक हेरिएको

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) का विरुद्ध जारी लकडाउनको समयमा पनि पूर्व–पश्चिम रेल मार्गको काम निरन्तर भएको छ । बर्दिबास–सिमरा विद्युतीय रेल मार्गको काम लकडाउन तथा निषेधाज्ञाको समयमा पनि निरन्तर चलेको हो ।
 राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम रेल मार्गको महोत्तरीको बर्दिबासदेखि रौतहटको गुजरा सम्मको काम १७ खण्डमा विभाजन गरिएको छ भने १५ वटा साना तथा  ठूला गरी पुल निर्माण भइरहेको छ । बर्दिबासदेखि सिमरा सम्मको १०८ किलोमिटर मध्य बर्दिबासदेखि रौतहटको गुजरा नगरपालिका सम्मको ७० किलोमिटरमा टेन्डर भई करिब ५० प्रतिशत काम सम्पन्न भएको रेलका इन्जिनियर सुरेश शाहले जानकारी दिनु भयो । 
साहका अनुसार महोत्तरीको बर्दिबासदेखि रौतहटको गुजरा सम्मको काम १७ खण्डमा विभाजन गरिएको मार्गको बिचबिचमा पानी बग्न र जनावरलाई आवतजावत गर्नको लागि करिब १५० भन्दा धेरै कल्भर्ट निर्माण भई रहेको छ ।
राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम रेल मार्गको काममा लालबन्दी नगरपालिकाले पनि समन्वयात्मक भुमिका निर्वाह गरि रहेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले बताउनु भयो । सबै भन्दा धेरै सार्वजनिक तथा ऐलानी जग्गामा समस्या आएको साथै घर तथा वस्ती परेका स्थानमा थप समस्या परेको कारण समाधानमा धेरै समय लागेको नगर प्रमुख खड्काले बताउनु भयो । महोत्तरीको बर्दिबासमा मुआब्जाको र जङ्गलको रुख कटानको विवादले गर्दा काम सुरु हुन नसकेको छैनबदीवास नगरपालिकाका नगर प्रमुख विदुर कुमार कार्कीले बताउनु भयो ।
लक डाउनको समयमा भन्दा पहिला तिब्रगतीमा काम भएको तर लक डाउनको केही असर परेको भएपनि काम निरन्तर भई रहेको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधी टिका गजुरेलले बताउनु भयो । राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम रेल मार्गको कामलाई आफ्नो कम्पनीले धेरै महत्व दिएर काम गरिरहेको गजुरमुखी गजुरेलको भनाइ छ ।नेपाल सरकारले असा,साउन र भदौ तीन महिना नदी दोहन बन्द गरेका कारण माटो भर्ने कामे रोकिएको भएपनि अरु काम निरन्तर भई रहेको कम्पनीले जनाएको छ । 
मुआब्जा विवादका कारण संघर्ष समितिसमेत गठन गरेर काम गर्न अवरोध भएका कारण कतिपय स्थानमा काम सुरु हुन नसकेको विभागले जनाएको छ । सर्लाहीमा २० प्रतिशत र रौतहटमा ७० प्रतिशत मुआब्जाको विवाद कायमै रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech