स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार सर्लाहीका अग्रज पत्रकार मनोज यादवलाई प्रदान गरिएको छ ।सर्लाही सदरमुकाम मलंगवामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले प्रकाशन गरेको“पत्रकारिता र सर्लाही सेरोफेरो”नामक स्मारिका बिमोचन तथा नव निर्वाचित नेतृत्वको पदस्थानापना समारोहमा स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार सर्लाहीका अग्रज पत्रकार यादवलाई सम्मान–पत्रसहित रु १५ हजार नगद राशीले सम्मान गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओम प्रकाश ठाकुरले जानकारी दिए ।
सर्लाहीको पत्रकारिता क्षेत्रमा निरन्तर २५ वर्षदेखि कलम चलाउदै आएका पत्रकार यादवले व्यवसायीक पत्रकारीता गर्नेहरुलाई यस प्रकारका सम्मान तथा पुरस्कारले थप हौसला मिल्ने बताए ।लोकतन्त्र दैनिक पत्रिकाका सम्पादक तथा स्पेस फोर्के टेलिभिजनको सर्लाही सम्वादाताको रुपमा काम गर्दै आएका पत्रकार यादव गरिव,दुःखि र विपन्नहरुको आवाज बुलन्द पार्ने पत्रकारको रुपमा परिचित छन्।