सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । हरिपुर्वा नगरपाकिला १ मा आफैँले चलाएको मोटरसाईकल अनियन्त्रित हुँदा मोटरसाईकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा हरिपूर्वा नगरपालिका ९ का अन्दाजी ३४ वर्षीय जोगी राय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।उनका अनुसार हरिपूर्वा नगरपालिका– १ स्थित भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौ लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो ।
दुर्घटनामा संग्लग्न भएको भारतिय मोरटसाईकलको नम्बर भने प्रहरीले खुलाएको छैन् । छिमेकी देश भारतसंग खुल्ला सिमाना र पारिवारीक सम्बनध समेत रहेका कारण भारतिय सवारी साधनहरुको प्रयोग अत्याधिक रहेको छ ।