Close This

सर्लाहीका स्थानिय निकायद्वारा धमाधम विशेष नगर सभा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-७ गते   २७४३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले सातौं विशेष नगरसभा सम्पन्न गरेको छ । आईतबार बसेको नगर सभाले संघिय सरकारद्वारा चालु वर्षको बजेट भाषण मार्फत विद्यालय कर्मचारी, बाल विकास लगायतको विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको न्यूनतम तलब रु १५ हजार तलव पुर्याउने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको नगर प्रवक्ता एवम वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।  उहाँका अनुसार नगर सभाले जग्गा अधिग्रहण नियमावली समेत बनाएको छ । ऐलानी जग्गामा अव्यवस्थीत रुपमा बसोवास गर्नेहरुको जग्गा नाँप जाच गर्नेे र समयमा नसकिने तथा अत्यावश्यक पर्ने क्षेत्रमा काम गर्न योजना परिवर्तन गर्ने लगायतको निर्णय भएको लालवन्दी नगरपालिकाका नगर प्रमुख मानवहादुर खड्काले बताउनु भयाे ।
यसअघि नगरपालिकाको आफ्नै सभा हलमा नगर सभाहरु संचालन हुदै आएकोमा यस पटक भने ८ नम्बर वडा कार्यालयमा विशेष नगर सभाको आयोजना गरिएको नगर उप प्रमुख शान्ति लामाले जानकारी दिनुभयाे । स्थानीय निकायको निर्वाचन मिति नजिकिदै गरुसंगै जिल्लाका स्थानिय निकायहरुले विशेष नगर र गाउँ सभा राखेर योजना परिवर्तन लगायत विभिन्न निर्णयहरु गर्न थालेको छन् । केही दिन पहिला हरिवन नगरपालिकाले पनि विशेष नगर सभा गरेकाे थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech