Close This

३० औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा ५ जना अपाङ्गता भएकालाई सहायता सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१७ गते   १४५८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा ३० औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा ५ जनालाई विभिन्न सामाग्रीहरु वितरण गरिएको छ । “हाम्रो प्राथमिकताको आधार,अपाङ्गता भएका व्यक्तिको अधिकार” भन्ने मुल नाराका साथ ३० औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा एक कार्यक्रमको आयोजना गरि नगरका अपाङ्गता भएका ५जनालाई सहायता सामाग्री सहयोग गरेको आयोजकले जनाएको छ ।
लालबन्दी नगरपालिका महिला,बालबालिका तथा जेष्ट नागरिक शाखाको आयोजनामा तथा प्रेरणा शारीरिक पुन स्थापना विस्तारिक केन्द्र लालबन्दी नगरपालिका १ नवलपुर सर्लाहीको सहयोगमा भएको कार्यक्रममा अपाङ्गता भएका ५ जना मध्य ३ जनालाई वैशाखी र २ जनालाई ह्विल चेयर प्रदान गरिएको कार्यक्रमकी अध्यक्ष एवम लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले जानकारी दिनु भयो । उप प्रमुख लामाका अनुसार ३ जना जय बहादुर गोले , हर्क बहादुर लामा र स्मिता उप्रेतीलाई बैशाखी र २ जना कामदेव केसी र  सन्तोष कुमार साहलाई ह्विल चेयर वितरण गरिएको हो ।


नगर उप प्रमुख शान्ति लामाको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेरणा शारीरिक पुन स्थापना विस्तारिक केन्द्र लालबन्दीका व्यावस्थापक बेनी आले, नगरपालिकाका योजना शाखा प्रमुख कमल कार्की लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख लामाले नगर भित्रका अपाङ्गता भएका मानिसहरुलाइ नीयमानुसार दिनु पर्ने सेवा सुविधामा लालबन्दी नगरपालिका प्रदेश २ मै पहिलो रहेको बताउनु भयो । उहाँले अनुसार आफुहरुले अपाङ्गता  भएकाहरुको लागि सधैं र सबै शक्ति प्रयोग गर्ने बताउनु भयो । लालबन्दी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा नगर भित्रका करिब ५० जनाको सहभागीता रहेको आयोजक लालबन्दी नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech