मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरुवा तथा काज र दरवन्दीमा पठाउन भन्दै सरुवा गरेको करिब एक महिना हुँदा पनि अधिकांश कर्मचारीहरु साविककै स्थानमा कामकाजमै रहेका पाइएको छ।भदौ २५ गते मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अवधि पुगेका,माग बमोजिम रित्त रहेका, फाजिल दरवन्दी र रिक्त स्थानमा कामकाजका साथै पदस्थापना गरेका अधिकांश कर्मचारीहरु पुरानै स्थानमा कामकाज गरि रहेका पाइएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरुवा तथा काज र दरवन्दीमा पठाउन भन्दै निर्णय गरेको भएपनि यातायात व्यवस्था कार्यालय कलैया बारा दरबन्दी रहेका अरविन्द दास हाल काजमा यातायात व्यवस्था कार्यालय मलंगवाको प्रमुखको रुपमा रहेर काम गरि रहेका छन् ।
प्रदेश जनलोकपाल आयोगमा काज सरुवा भएको करिब एक महिना हुँदा समेत दास यातायात व्यवस्था कार्यालय मलंगवाको प्रमुखको रुपमा रही काम गरि रहेका छन्।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भदौ २५ गते ३१ जना अधिकृत सातौँ र आठौँका कर्मचारीहरुको सरुवा, कामकाज तथा काजफिर्ता गर्ने निर्णय गरेको भएपनि उत्त निर्णयको एक महिना हुँदा समेत दास सहितका अधिकांश कर्मचारीहरु सरुवा,कामकाज तथा काजफिर्ता गरेको ठाउँमा नगएका पाइएको हो।यातायात व्यवस्था कार्यालय कलैया बारा दरवन्दी भई हाल काजमा यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीमा प्रमुखको रुपमा कार्यरत रहेका दास जहाँ गएपनि विवादमा पर्ने गरेका छन्।यातायात कार्यालयमा सवारी चालक अनुमती–पत्र बनाउँदा कमिसन असुल्ने कार्यमा उनको संग्लग्नता रहने गरेको विषय यातायात व्यवस्था कार्यालय कलैया बारामा हुँदा पनि आउने गरेको थियो भने सर्लाहीमा पनि सोही धन्दा सुरु गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरुवा तथा काज र दरवन्दी पठाउने निर्णयको बर्खिलाप गर्दै पुरानै स्थानमा जिम्मेवारी सम्हालिरहेका दास लगायत अन्य कर्मचारीहरुको उपस्थिति र कार्यशैलीलाई लिएर गम्भीर प्रश्न चिन्ह खडा भएको जानकारहरु बताउँछन्।सम्बन्धित निकायबाट काज सरुवाको निर्णय भइसकेपछि पनि कार्यालय प्रमुख दास लगायतका अधिकांश कर्मचारीहरुले उक्त निर्णयलाई बेवास्ता गर्दै अटेरी गरेको स्थानीय जानकारहरुको आरोप छ ।
कार्यालय प्रमुख दासको काज सरुवाको निर्णय प्रशासनिक आवश्यकता,कार्यालय व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको भए पनि निर्णय कार्यान्वयनमा देखिएको अटेरीपनाले यातायात कार्यालयको प्रशासनिक तथा आर्थिक अनुशासनमाथि नै प्रश्न खडा गरेको जानकारहरु बताउँछन् ।
यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीमा सेवाग्राहीको चाप उच्च रहने सरकारी कार्यालय मध्ये एक हो।सवारी चालक अनुमति–पत्र,सवारी दर्ता,नवीकरण,नामसारी,राजस्व संकलन लगायतका महत्वपूर्ण काम हुने कार्यालयमा प्रमुखको जिम्मेवारीमा रहेका दासले माथिल्लो निकायको निर्णय पालना गर्नु प्रशासनिक तथा आर्थिक दुवै दायित्व हुने भएपनि उनको अटेरीपनाले ठूलो आर्थिक अनियमितताको शंका सृजना गराएको स्थानीय बताउँछन् ।
तर काज सरुवा भइसकेपछि पनि कार्यालय प्रमुख दासले सरुवा निर्णयलाई सहज रूपमा स्वीकार नगरेको र कार्यान्वयनमा आनाकानी गरेको आरोप सेवाग्राही तथा सरोकारवालाले लगाएका छन्। उनीमाथि निर्णय कार्यान्वयनमा असहयोग गरेको विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग उठ्न थालेकोे छ।
कार्यालयमा हुने प्रशासनिक निर्णय र कर्मचारी व्यवस्थापन मा सम्बन्धित मन्त्रालय तथा विभागको अधिकार क्षेत्र रहने भएकाले मातहतका कर्मचारीले आधिकारिक निर्णय पालना नगर्नु सामान्य विषय नभएको प्रशासन क्षेत्रका जानकारहरू बताउँछन्। काज सरुवाको निर्णयप्रति असहमति भए कानुनी तथा प्रशासनिक प्रक्रिया मार्फत आफ्नो धारणा राख्न सकिने भए पनि निर्णय नै अवज्ञा गर्ने प्रवृत्तिले संस्थागत अनुशासन कमजोर बनाउने उनीहरूको भनाइ छ।
सरुवा,काज सरुवा तथा पदस्थापनाको निर्णय कार्यान्वयन मा देखिएको विवादले अब सम्बन्धित मन्त्रालय तथा यातायात व्यवस्था विभागको भूमिकामाथि पनि चासो बढाएको छ।सरुवा आदेश पालना नगरेको हो वा निर्णय कार्यान्वयनका क्रममा कुनै प्रशासनिक जटिलता उत्पन्न भएको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने जानकारहरु बताउँछन् ।
यता,सो विषयमा बुझ्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका मुख्य सचिव शोभाकान्त पौडेल, प्रवक्ता रोहित कुमार कोईराला र सूचना अधिकारी पार्वती शर्मालाई फोन गर्दा उनीहरुको मोवाईल अफ छ भने गुनासो सुन्ने अधिकारी बबली मेहताले आफुलाई सो विषयमा जानकारी नभएकाले कार्यालय खुलेपछि के रहेछ बुझ्ने बताईन्। मधेश प्रदेश अन्र्तगतका कार्यालयहरु र कर्मचारीहरुको सरुवा तथा काज सरुवा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको आरोपहरु समय समयमा उठ्ने गरेका छन् ।