सशस्त्रको बाहिनी पति र गणपतिको निर्देशनमा बीओपीपति असुलीमाव्यस्त,

1.7k Shares

मधेश प्रदेशका सिमानाकाहरुबाट शसस्त्र प्रहरी कर्माचारीहरुको मिलेमतोमा व्यापक तस्करी भएको पाइएको छ । मधेश प्रदेशका ८ जिल्लाका ७२ वटा बोर्डर आउट पोष्ट(बिओपी)हरुका बिओपीपतिहरुको मिलेमतोमा व्यापक तस्करी भएको पाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीका बाहिनी पति गणेश बहादुर ठाडा मगरको निर्देशनमा  सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर हे.क्वा.गणदेखि १३ नम्बर हे.क्वा गण सम्मका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षकहरुलाई र गणपति तथा शसस्त्र प्रहरी उपरिक्षकहरुले बिओपीपतिहरुलाई कमिसन बुझाउँन दबाब दिएपछि शसस्त्र प्रहरी कर्माचारीहरुको मिलेमतोमा तस्करहरुले भन्सार छलीका सामानहरु भारतवाट नेपाल र नेपालबाट भारततर्फ अवैध रुपमा लैजाने र ल्याउने गरेका शसस्त्र प्रहरी स्रोतको दाबी छ ।
नेपालबाट लागु औषध गाँजा सहित गिट्टी,बालुवा,ढुंङ्गा,कस्मेटीककमा सामानहरु र भारतबाट नेपाल तर्फ राँगाँ,कुखुरा,हार्डवेयर,किराना,कपडा,चिनी,छोकडा,केराउँ तथा लागु औषधहरु सहजै भित्रने गरेका एक शसस्त्र प्रहरी अधिकारीले नाम नबताउने शर्तमा जानकारी दिए । बिओपी पतिहरुले आफ्नो हाकिमहरुको निर्देशनको पालना गर्दै प्रदेशका नाकाहरुबाट ठुलो मात्रामा तस्करीको लाइन दिने गरेका छन् ।
यसैगरी सशस्त्र प्रहरी हेडक्वाटरले प्रदेशका अधिकांश स्थानका बिओपीपतिहरु नयाँ पठाएको भएपनि बाहिनी पति र गणपतिको निर्देशनमा बिओपीपतिहरु असुलीमा व्यस्त रहेका छन् ।                                                                   
सप्तरीको बोर्डर आउट पोष्ट(बिओपी) बर्साइन,तिलाठी,छिन्नमस्ता,बनैनियाँ,पातो,स्वर्णपट्टी,रामनगर,बेन्ही,सिरहाको मार्डर,लगडिगदियानी,इट्टाटार,बरियारपट्टी,बडहरी,नवराजपुर,इनरवा,धनुषाको इन्र्वा,खजुरी,महनिाथपुर,धनौजी,देवडिया,जटही,फुलगामा,महोतरीको मटिहानी,जलेश्वर,मरुवाही,इनहरुवाकट्टी,पोखरभिण्डा,सम्सी,रधुनाथपुर,खैरवनी,मनरा,सर्लाहीको संग्रामपुर,सखुअवा,त्रिभुवननगर,मलंगवा(टावर),खुटौना,भाँडसर,सिमरा,बारा,बहादुरपुर,मधुवनी र छतौना,रौतहटको वेलविछवा,गैर,औरहिया,रामपुरखाप,सरमुजवा, बाराको गोलागन्ज,पिपरपाति,वेलदारी,बेनौली,कबहीगोठ,दक्षिणझिटैया,मटिअर्वा,बरैनिया,रपर्साकोविरगन्ज,सिरसिया,ड्राइपोट,अलौ,अम्मरपट्टी,प्रसौनीभाठा,पकाहामैनपुर,लहाबरथकरी,भिष्वा,मिर्जापुर,भिखमपुर,पिडारीगुठी,महादेवपट्टी,सुर्वणपुर,सुरुचीविजयवस्ती,ब्रम्हानगर र ठोरी गरी मधेश प्रदेशका ७२ वटा बोर्डर आउट पोष्ट(बिओपी)बाट बाहिनी पति र गणपतिको निर्देशनमा बिओपीपतिहरुले असुली धन्दा चलाएका छन् ।

बिओपीहरुमा कार्यरत रहेका शसस्त्र प्रहरी कर्माचारीहरुले आर्थिक प्रलोभनमा परेर तस्करीको लाईन खुलाउने गरेका हस्य बाहिरिएको छ । जसबाट नेपाली राजश्वमा ठुलो गिरावट आएको छ ।
 

सम्बन्धित समाचार