बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

3.3k Shares

सर्लाहीको लालबन्दीबाट प्रहरीले एक युवकलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ । लालबन्दी नगरपालिका ८ का २१ वर्षिय सोमबहादुर गोलेलाई ९ वर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
गोलेलाई छिमेकी वडाकी ९ वर्षिया एक बालिकालाई केही दिनअघि जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको हो । लालबन्दी प्रहरीको हिरासतमा रहेका गोलेविरुद्ध जिल्ला अदालत सर्लाहीबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

सम्बन्धित समाचार