मुसहर समुदायकी किरण कुमारीलाई सांसद चौधरीद्धारा सम्मान

226 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको मुसहर समुदायबाट स्नातक अध्ययन गर्ने पहिलो छात्रा किरण कुमारी माझी र उनकी आमालाई हौसला प्रदान गर्न सम्मान गरिएको छ।चन्द्रनगर गाउँपालिका–२ पर्ती बजार स्थित गौचरण आधारभूत अस्पतालमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्दा चौधरी र मधेशी महिला समाज,नेपालकी अध्यक्ष कन्चन चौधरीले किरण कुमारी र उनकी आमालाई हौसला प्रदान गर्न भन्दै सम्मान गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी  दिए ।
उनका अनुसार मुसहर समुदायबाट स्नातक अध्ययन गर्ने पहिलो छात्रा किरण कुमारीलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको हो।चन्द्रनगर गाउँपालिकाले गाउँपालिका भित्रका किशोरीहरुलाई माथिल्लो तह सम्म अध्यायन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार किरण कुमारीलाई स्नातक अध्ययनका लागि रु ११ हजार सहयोग गरेको थियो। पछि उनको विवाहमा पनी गाउँपालिकाले रु ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
चन्द्रनगर गाउँपालिका अध्यक्षमा महतो निर्वाचित भएदेखि नै कार्यविधिनै बनाएर विद्यार्थीहरुको हौसला बढाउने कार्यक्रम गर्दै आएका छन्।सम्मान कार्यक्रमकी प्रमुख अतिथि एवम प्रतिनिधि सभा सदस्य चौधरीले महिलाहरूका लागि विवाहको उमेर १८ वर्ष कायम गर्नु व्यवहारिक हुने  बताउँदै  यसले  मधेसमा उमेर बढेपछि महिलाहरूका लागि विवाह गर्न कठिन हुने समस्याको समाधान हुने विश्वास व्यक्त गरिन।यस प्रकारका सम्मान कार्यक्रमहरुले बालिकाहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रेरणा प्रदान गर्ने गाउँपालिका अध्यक्ष महतोले विश्वास व्यक्त गरे । लामो समय गैर सरकारी संस्थामा काम गरेका गाउँपालिका अध्यक्ष महतोको ध्यान निर्वाचित भएदेखि नै गाउँपालिकाको जनजीवनस्तर उकास्न के गर्न सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत भएको छ ।

सम्बन्धित समाचार