सर्लाहीको चन्द्रनगर गाउँपालिका ४ पोखरीयाबाट ठूलो मात्रामा भन्सार छलीको सामान सहित एकजना तस्करलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्लाको इश्वरपुर नगरपालिका ६ की अन्दाजी वर्ष ३० की वविता भन्ने ववि महत्तोले भारतबाट भन्सार छली लुकाई छिपाई नेपाल तर्फ सामान ल्याउँदै गरेको विशेष सूचनाको आधारमा खटिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण अर्गवा सर्लाहीबाट खटिएको शसस्त्र प्रहरीको टोलीले महत्तो सहित सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ज १ ह ४४५१ नम्बरको अटोमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको मरिच अन्दाजी ३४ किलो,मैदा अन्दाजी सात बोरा,पाउडर दुध अन्दाजी ४५ किलो,पेडा एक सय ३५ डिब्बा र चकलेट ३० डिब्बा सहित महत्तोलाई नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाइएको छ ।नियन्त्रणमा लिईएको सामान सहित अटो गरी अन्दाजी रु चार लाख ७७ हजार एक सय २५ बराबरको रहेको स्रोतले जनाएको छ । नियन्त्रणमा लिएको सामान सहित अटो सर्लाही भन्सार कार्यालय बुझाईएको छ भने महत्तोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ ।
सर्लाहीको त्रिभुवननगरका साथै सखुअवा र पर्सा नाकाबाट लामो समयदेखि किरानाका सामानहरु लगायतका विभिन्न सामानहरु भन्सार छली लुकाई छिपाई नेपाल तर्फ ल्याउने कार्यमा सक्रिय रहेकी महत्तोले आफ्नो भन्सार छलीको सामान नियन्त्रणमा लिने सुरक्षाकर्मीहरुलाई “गृह मन्त्रालयमा भनेर सरुवा गरिदिन्छु भन्दै धम्की लगाउने तथा भिडियो बनाएर फसाई दिन्छु,जागिर खाई दिन्छु भन्दै धम्की लगाउने गरेकी”एक सुरक्षाकर्मीले बताए ।
ती सुरक्षाकर्मीका अनुसार महत्तोलाई भन्सार छलीको सामान सहज रुपमा ल्याउन दिनु पर्ने अनाथा सार्वजनिक स्थलहरुमा समेत दुव्र्यवहार गर्ने लगायतका काम गर्ने गरेकी थिईन् ।अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी महत्तोले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह(वालेन)आफ्ना भतिजा रहेको बताउँदै आफु हिरासतबाट बाहिर निस्केपछि आफुलाई नियन्त्रणमा लिदने सुरक्षाकर्मीलाई दुर्गममा सरुवा गरिदिने धम्की लगाईएकी छन् ।सुरक्षाकर्मीहरुलाई आर्थिक तथा राजनीतिक दवाव सृजना गराउन माहिर तस्करीको पहिचान बनाएकी महत्तोले केही समय पहिला जिल्लाका केही सञ्चारकर्मीहरुलाई समेत सार्वजनिक स्थानमा जुत्ताले कुट्ने समेत अभिव्यत्ति दिएकी थिईन् ।