शसस्त्र प्रहरीद्धारा लागुऔषध सहित मानिस र मोटरसाईकल नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१५ गते   ६३७ पटक हेरिएको

लागुऔषध सहित शसस्त्र प्रहरीले नियन्त्रणमा लिएका मानिस र मोटरसाईकल

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्हीबाट शसस्त्र प्रहरीले लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र शसस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगरबाट खटिएको शसस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्हीबाट लागु औषध सहित एकजनालाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।


शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र शसस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)त्रिभुवननगरबाट खटिएको शसस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चेकजाँच गर्ने ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्हीबाट लागु औषध कोडिवेल १ सय २२ बोतल सहित बागमती नगरपालिका ७ का अन्दाजी बर्ष २२ का अक्षय कुमार यादवलाई नियन्त्रणमा लिएको हो।
ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्ही चोकमा भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश २–०२–००२ प ५९७० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको शसस्त्र प्रहरीले जनाएको छ ।
प्रदेश २–०२–००२ प ५९७० नम्बरको मोटरसाईकलको तेलको ट्यांङ्की तथा सिट मुनि लुकाइ छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको मोटरसाईकल,लागु औषध र मानिसलाई  र आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सर्लाही  शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech