पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको ईश्वरपुर नगरपालिका ५ फुलजोरबाट भन्सार छलीको १२ बोरा पाउडर दुध र तीन बोरा चिनी भन्सारको टोलीले नियन्त्रणमा लिएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको ईश्वरपुर नगरपालिका ५ फुलजोरमा रहेको जय दुर्गा दूध डेरीबाट भन्सार छलीको प्रति बोरा १५ किलोका दरका १२ बोरा पाउडर दूध र प्रति बोरा ५० किलोका दरका तीन बोरा चिनी नियन्त्रणमा लिएको सर्लाही भन्सार कार्यालय मलंगवाका प्रमुख ठाकुर आचार्यले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी सहित पुगेको भन्सारको टोलीले ईश्वरपुर नगरपालिका ५ फुलजोरमा रहेको जय दुर्गा दूध डेरी भित्र भन्सार छली ल्याई लुकाई छिपाई राखिएको प्रति बोरा १५ किलोका दरका १२ बोरा पाउडर दूध र प्रति बोरा ५० किलोका दरका तीन बोरा चिनी नियन्त्रणमा लिएको हो । प्रति बोरा १५ किलोका दरका १२ बोरा पाउडर दूध र प्रति बोरा ५० किलोका दरका तीन बोरा चिनीको अन्दाजी मुल्य रु एक लाख रहेको कार्यालयले जनाएको छ ।
जेन जी आन्दोलनका कारण देशभरमा आएको सुरक्षा तरलताको फाईदा उठाउँदै तस्करहरुले तस्करी गरि रहेका भए पनि सरोकारवाला बेखबर देखिएको छ । उक्त भन्सार छलीको पाउडर दूध र चिनी नारायणपुर वा पर्सा नाकाबाट नेपाल भित्र्याईएको हुन सक्ने स्थानीय बताउँछन् ।