Close This

हरिवन ६ मा ईंटाभट्टाको खाडलमा डुबेर बालकको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१६ गते   ३०१ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ६ का एक बालकको ईँटाभट्टाको खाडलमा डुबेर ज्यान गएको छ । हरिवन नगरपालिका ६ को घुर्काैली स्थित पत्थरकोटिया टोलमा मदन घिसिङ्ले सञ्चालन गर्दै आएको मिदास ईट्टाभट्टाको खाडलमा जमेको पानीमा डुबेर विहिबार दिउँसो एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
हरिवन नगरपालिका ६ निवासी रामचन्द्र महतोका अन्दाजी १२ वर्षीय छोरा आकाश महतोको हरिवन नगरपालिका ६ कै घुर्काैली स्थित पत्थरकोटिया टोलमा रहेको मिदास ईट्टाभट्टाको खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रहरीका अनुसार भैँसी चराउन जाँदा भैंसी खाल्डोमा पसेपछि निकाल्न खोज्दा सोही खाल्डोमा डुबेर आकाशको ज्यान गएको हो । बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनु भयो ।
जिल्लाका अधिकांश इँटाभट्टाहरु अव्यवस्थित रुपमा सञ्चालन हुँदा हरेक वर्ष निर्दाेश नागरिकहरुले अकालमा ज्यान गुमाउनु परि रहेको छ । तथापी पनि इँटाभट्टा सञ्चालकहरु व्यावस्थित हुने तर्फ समेत नभएका पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech