शसस्त्र प्रहरी केन्द्र भन्छ घुमुवा हटाइयो तर वेश र विओपी पतिहरुका आफैँ घुमुवा परिचालन गर्दै

2.4k Shares

सशस्त्र प्रहरी बल नेपालका  सूचना संकलनका लागि खटिएका घुमुवाहरूले सुचना शंकलनको सट्टा कमिसन असुल्नमा लागेका पाइएको छ । सादा पोशाकमा घुमुवा खटाउँदै आएको सशस्त्र प्रहरीभित्र विकृति बढेको भन्दै हेडक्वाटरको निर्देशन आएको भएपनि मधेश प्रदेशमा विभिन्न रुपमा शसस्त्र प्रहरीका घुमुवा असुली धन्दा चलाई रहेका छन् ।
सादा पोशाकमा खटिएका  ४ सय घुमुवा शसस्त्र प्रहरीलाई सम्बन्धित कार्यालय तानेर नियमित ड्युटीमा लगाउन केन्द्रले निर्देशन जरी गरेको भएपनि मधेश प्रदेश छिन्नमस्ता बाहिनीले केही दिन घुमुवा तानेको झैँ गरी फेरी फिल्डमा खटाएको छ ।
मधेश प्रदेशका जिल्लाहरूमा सशस्त्र प्रहरीका वेशपति तथा विओपी पतिहरुले आफुखुसी  घुमुवा प्रहरी परिचालन गरि रहेका छन् । सूचना संकलनका लागि भनेर सादा पोशाकमा खटाइएका घुमुवा शसस्त्र प्रहरीहरू अवैध असुली लगायतका धन्दाहरुमा लाग्ने गरेको गुनासो आएपछि सशस्त्र प्रहरीका प्रमुख(आईजीपी) राजु अर्यालले घुमुवा हटाउन निर्देशन दिनु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विदुर खड्काले जानकारी दिनु भयो । उहाँका अनुसार शसस्त्र प्रहरी प्रधानकार्यालयले सादा पोशाकमा सुचना संकलनका लागि भन्दै फिल्डमा खटाइएको शसस्त्र प्रहरी कर्माचारीहरुको विषयमा विभिन्न नकारात्मक कुराहरु आएका कारण हटाउन निर्देशन जारी गरिएको भएपनि धेरै स्थानमा सादा पोशाकका शसस्त्र प्रहरी घुमुवाहरु रहेका पाइएको छ ।
मधेश प्रदेशको छिन्नमस्ता बाहिनीबाट खटिएका ४ जना घुमुवा प्रहरीविरुद्ध पक्राउ पूर्जी नै जारी भएको थियो । हतियार किन्ने डिल गरेर पक्राउ गर्ने योजना सशस्त्रका घुमुवाले बनाएका थिए । यता,पटक पटक र लामो समय सम्म एउटै स्थानमा बसेका शसस्त्र प्रहरी कर्माचारीहरुका कारण पनि दिनप्रतिदिन शसस्त्र प्रहरी बदनाम हुने गरेको छ । भारतसंग खुल्ला सिमाना रहेका कारण यहाँबाट हुने भन्सार छलीका सामान ओसार पसार गर्नेहरुसंग कुनै न कुनै रुपमा शसस्त्र प्रहरी कर्माचारीहरुको संग्लग्नता रहेको पाइएको छ ।

सम्बन्धित समाचार