श्रद्धालु भक्तजनहरुको भीड रहने भगवान शिवको महिना साउनमा जिल्लाका शिव मन्दिरहरु सुनसान देखिएका छन् । कोरोना भाइरस(कोभिड(१९) का कारण घोषणा भएको लक डाउन र मानविय त्रासले गर्दा जिल्लाका शिव मन्दिरहरुसुनसान देखिएका हुन ।
साउन मसान्त सुरु हुनासाथ भक्तजनहरुको भिडभाड देखिने शिव मन्दिरहरुमा गत वर्षको जस्तो चाप देखिएको छैन । सोमबार दर्शनका लागि शिव मन्दीरहरुमा हुने महिलाहरुको भिड पनि कम भएको छ । सार्वजनिक यातायात खुलेका छैनन्, सरकारले पनि यसवर्ष साउने मेला नलगाउन र भीडभाड नगर्न आदेश नै जारी गरेपछि चहलपहल नभएको शिव मन्दीरका पुजारीहरुले बताएका छन ।
जिल्लाको बरहथवा नगरपालिका स्थित मुर्तिया, हरिपुर नगरपालिका स्थित रजवा मन्दिर(जंगमुक्तेश्वर महादेव ),बागमती स्थित नुनथर , कविलासी नगरपालिका स्थित शिवनगर लगायत जिल्लाका अन्य शिव मन्दिर तथा शिवालयहरुमा वर्षेनी लाग्दै आएको साउने मेला यसवर्ष नलाग्ने पाईएको छ ।
भारतमा पनि यसवर्षको साउने मेला नलाग्ने भएकोले जिल्लाका विभिन्न ठाउँबाट बोलबम जाने यात्रीहरु पनि देखिएका छैनन् । हिन्दुहरुको श्रावणी मेलामात्र नभएर इस्लाम धर्मावलम्बीले पनि यसवर्ष कोरोनाका कारण गत वैशाखमा मुख्य पर्व रमजान महिना भरिको रोजा र इद–उल–फित्र घरघरै नमाज (प्रार्थना) पढेर मनाएका थिए ।