लालबन्दी १७ को फुलजोर खाद्य उद्योगको दुर्गन्धले स्थानीय आजित

349 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ घिमिरे चोक स्थित सञ्चालित फुलजोर खाद्य उद्योग प्रा.लि.बाट निस्किने दुर्गन्धका हैरान भएको स्थानीयले गुनासो गरेका छन्।उद्योगको प्रदूषण नियन्त्रण गर्न पटक–पटक माग गरेपनि सम्बन्धित निकायले कुनै ठोस पहल नगरेपछि आफुहरु आजित भएको स्थानीयको गुनासो छ ।माछाको प्लेट दाना,गाई,भैँसीको प्लेट दाना,खसी,बाख्राको प्लेट दाना र बंगुरको मास दाना लगायत उत्पादन गर्ने उद्योग बस्तीको विचमा रहेको छ ।पुर्व पश्चीम राजमार्ग नजिकै रहेको उद्योगको दुर्गन्ध सडकमा समेत  आउने गरेको छ ।
दिनरात दुर्गन्ध र प्रदूषण
लालबन्दी नगरपालिका १७ घिमिरे चोक स्थित रहेको उद्योगले दाना उत्पादन प्रक्रियामा अत्यधिक गन्धयुक्त फोहोर उत्सर्जन गरिरहेको छ।बिहान बेलुकी झन् गन्ध बढ्ने गर्छ, जसले आफुहरुको दैनिकी  जीवन प्रभावित बनाएको स्थानीयको भनाई छ ।
स्वास्थ्यमा असर,रोगको जोखिम
दाना उद्योगबाट निस्किने धूलो र गन्ध श्वासप्रश्वास सम्बन्धी समस्याको कारण बन्न सक्ने चिकित्सकहरुको भनाई छ।कतिपय स्थानीयले एलर्जी,खोकी,टाउको दुख्ने तथा आँखा पोल्ने समस्या भोगिरहेको गुनासो गरेका छन्।
पटक–पटक गुनासो,सुनुवाइ शून्य
स्थानीय बासिन्दाहरूले सम्बन्धि उद्योग र लालबन्दी नगरपालिकासँग पटक–पटक गुनासो गरे पनि व्यावस्थापकीय हिसाबले कुनै ठोस कदम नचालिएको पाइएको छ,भने कारबाही समेत भएको छैन। “हामीले अनुगमन गरियोस् भनेर माग गरेका छौं,तर अहिलेसम्म कुनै समाधान खोजिएको छैन,”स्थानीयले बताए ।
समाधानका लागि माग
स्थानीयले उद्योगले आधुनिक फिल्टर प्रविधि अपनाउनुपर्ने,फोहोर व्यवस्थापन सुधार गर्नुपर्ने र उद्योग वरपरको वातावरणीय प्रभाव अध्ययन गर्नुपर्ने माग राखेका छन्।उक्त उद्योगले उत्पादन भएको दाना अन्यन्त्र पठाउँदा अनलाइन भ्याट बिल समेत नबनाउने गरेको समेत पाईएको छ ।बस्तीको विचमा रहेको उद्योगले आफ्नो स्वार्थ बाहेक अरु केही नहेरेको स्थानीयको भनाई छ ।
यता,सो विषयमा उद्योगका अध्यक्ष राम प्रसाद तिमल्सेनासंग हामीले जिज्ञासा राख्दा उनले स्थानीयले के भने भन्ने आफुहरुको सरोकार नरहेको साथै आफुहरु कानुन विपरितका कुनैपनि गतिविधिमा संग्लग्न नरहेका बताए।उनले केही दिन मै नयाँ प्रविधिको मेसिन जडान गरेर दुर्गन्ध व्यावस्थापन गर्ने साथै अनलाईन भ्याट विल नकाटिएको भन्ने विषयमा सत्यता नरहेको बताए ।

सम्बन्धित समाचार