Close This

शारीरिक अशक्त दाजु बहिनीलाई स्पाईनिङ्ग मेसिन सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१४ गते   ४०० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ५ रन्जितपुरका शारीरिक रुपमा अशक्त भएका दाजु बहिनीलाई स्पाईनिङ्ग मेसिन प्राप्त भएको छ । लालबन्दी नगरपालिका ५ रन्जितपुरका विवेक कर्ण र आशा कर्णलाई रु १ लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन प्राप्त भएको हो ।
उनिहरु विगत ७ वर्षदेखि दुर्लभ रोग स्पाईसिसिटीबाट ग्रसित भएका छन् । उनीहरुको शारीरीक व्यायामका लागि सहयोग पुर्याउने उदेश्यले आफूले मानवीय भावनाले स्पाईनिङ्ग मेसिन प्रदान गरेको नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य ध्रुव रिजालले बताउनुभयो । विगत लामो समयदेखि समाजसेवामा सक्रिय रहनु भएका युवा नेता रिजालले उनिहरु शारीरिक रुपमा अशक्त भएको जानकारी पाउना साथ स्पाईनिङ्ग मेसिन प्रदान गर्नु भएको हो । 
नेता रिजालले लालबन्दी नगरपालिका ५ का वडाअध्यक्ष मिन प्रसाद ढुंगेल(रामु)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पना पाख्रिनको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि विरामीको थेरापीका लागि उपयुक्त हुने उक्त मेशिन  विरामीका बुबा अनिल कर्णलाई प्रदान गर्नु भएको हो ।
नेता रिजालले आफूले कुनै राजनीतिक स्वार्थ र उद्देश्य नराखी गतवर्षको शितलहरको समयमा समेत विपन्न वर्गलाई न्यानो कम्बल,खाद्यान्न सहयोग गरेको बताउनु भयो । उहाँले   स्थानीय निकायको निर्वाचनको क्रममा घरदैलो गर्दा आफूलाई शिक्षा दिने गुरुकै नाती नातिनी असक्त भएको देखेपछि बिरामीको शारीरीक व्यायाममा सहयोग होस् भन्ने उद्देश्यले उक्त मेशिन प्रदान गरेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथी लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पना पाख्रिनले नेता रिजालले अशक्तहरुका लागि सहयोग सामाग्री वितरण गरेर उद्धाहरणिय काम गरेको बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech