हरिवन ५ का जेष्ठ नागरिक सहित दुई सय बढी मानिस सम्मानित

345 Shares

सर्लाहीको हरिवन नगरपालिकाका दुई सय भन्दा बढी विभिन्न क्षेत्रका मानिसहरु सम्मानीत भएका छन् ।हरिवन नगरपालिकाका जेष्ठ नागरिक सहित विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गर्ने दुई सय भन्दा बढी मानिसहरुलाई सम्मान गरिएको हरिवन नगरपालिका ५ का वडा अध्यक्ष नागेन्द्र कुमार साहले जानकारी दिए ।उनका अनुसार हरिवन नगरपालिका ५ को रु दुई लाख बजेटबाट एक सय ८६ जना जेष्ठ नागरिक सहित शिक्षा,स्वास्थ्य,सरसफाई र खेलकुद लगायतका क्षेत्रमा उत्कृष्ट काम गरेका व्यक्ति लगायत टोल सुधार विकाश समितिलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा मधेश प्रदेश सभा सदस्य एवम पुर्व उर्जा सिँचाई तथा जलस्रोत मन्त्री बेचि लुङ्गेलीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका विच एक सय ८६ जना जेष्ठ नागरिक सहित शिक्षा,स्वास्थ्य,सरसफाई र खेलकुद लगायतका क्षेत्रमा उत्कृष्ट काम गरेका व्यक्ति लगायत टोल सुधार विकाश समितिलाई सम्मान गरिएको हो ।सम्मान कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),उप प्रमुख हरिमाया घलान,प्रमुख प्रशासकीय अधिकृत प्रतिक कार्की लगायतका विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार