सर्लाही १ मा जसपा सखाप सिंगो क्षेत्रीय कमिटीद्वारा सामुहिक राजिनामा

314 Shares

जनता मासजवादी पार्टी(जसपा)नेपाल सर्लाही क्षेत्र नं. १ क्षेत्रीय कमिटिले सामुहिक राजिनामा दिएका छन्।केही दिनअघि जसपाका नेता एवम निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहले जसपाको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएपछि जसपा नेपाल सर्लाही क्षेत्र नं. १ कमिटिका सबै पदाधिकारी र सदस्यहरुले सामूहिक राजिना दिएको घोषणा गरेका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव स्वेच्छाचारी र आफूखुसी चलेका भन्दै क्षेत्रीय कमिटीका अध्यक्ष रामनरेश साहसहित ५६ सदस्यीय कमिटिले सामुहिक राजिनामा दिएका हुन।जसपा नेपालमा बस्न नसकिने निष्कर्ष निकालेर सबैले एकैसाथ राजिनामाको घोषणा गरेका क्षेत्रीय कमिटी अध्यक्ष साहले बताए।उनका अनुसार जसपा सर्लाही क्षेत्र नं. १ प्रदेश सभा (क) का अध्यक्ष रामचन्द्र महतो नेतृत्वको टोलीले पनि सामूहिक राजिनामा दिएको छ ।
त्यसैगरी ईश्वरपुर नगर कमिटीमा अध्यक्षबाहेक अरु ३१ सदस्य तथा पदाधिकारीले राजिनामाको घोषणा गरेका छन्।जिल्ला उपाध्यक्ष साविर मिकरानी,जिल्ला सदस्य अमिरीलाल साह,महिला जिल्ला संघकी अध्यक्ष रमिता महतोलगायतले समेत राजिनामा दिएका जसपा सर्लाही क्षेत्र नं. १ प्रदेश सभा (क) का अध्यक्ष महतोले बताए ।
सर्लाहीमा यसअघि जसपा नेपालका जिल्ला कमिटी अध्यक्ष वीरेन्द्र रायले समेत पार्टी परित्यागको घोषणा गरेका थिए।पार्टी छाडेका सबैले अब एकैसाथ अर्को कुनै दलमा प्रवेश गर्ने तयारी गरेको बताइएको भएपनि निवर्तमान प्रतिनिधि सभा सदस्य समाजावदी मोर्चा निकट दलसंग छलफल गरी रहेका बुझिएको छ ।

सम्बन्धित समाचार