326
Shares
सर्लाहीको लालबन्दी नगरपालिका १५ देउराली पाथिभारा जंगलमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।लालबन्दी नगरपालिका १५ देउराली स्थित पाथिभारा जंगलमा अन्दाजी वर्ष ३७/३८ की जस्तो देखिने एक महिलाको वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयले गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका र यो समाचार तयार पार्दै गर्दा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक विरेन्द्र सिंह जोहारी घटनास्थलमा पुगेका छन् ।पहिचान खुल्न नसकेको शवको घटना प्रकृति मुचुल्का बनाउने काम भई रहेको प्रहरीले जनाएको छ ।