लागु औषध सहित मन्सुर प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-३० गते   ५४१ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका २ स्थित नेपाल भारत सिमा क्षेत्रबाट लागु औषध सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका २  स्थित नेपाल भारत सिमा क्षेत्रबाट खेतको आलीको बाटो हुँदै नेपाल तर्फ पैदल आउदै गरेका एकजनालाई प्रहरीको गस्ति टोलीले शंका लागि चेकजाँच गर्दा लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ८ का अन्दाजी वर्ष १८ का राज मंसुरीको साथबाट लागु औषध कोडिवेल ४ बोतल र स्पासप्राक्जो १८ ट्याब्लेट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मन्सुर सहित लागु औषधलाई प्रहरी चौकी गोरखकालीमा राखि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech