Close This

कृषि सामाग्री कम्पनी लि सर्लाहीका प्रमुख मगरद्धारा वृद्धसेवा आश्रमलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२४ गते   १६६१ पटक हेरिएको

कृषि सामाग्री कम्पनि लिमिटेड शाखा कार्यालय सर्लाहीका प्रमुख दीपक थापा मगरले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गर्नु भएको छ । कार्यालय प्रमुख मगरले लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्धमभुवनेश्वरी वुद्धसेवाश्रमलाई शनिबार खाद्यान्न सहयोग गर्नु भएको हो ।
कार्यालय प्रमुख मगरले वृद्धसेवा श्रमलाई आलु, चिनी, गहत र पिठो लगायतका खाद्यान्न सहयोग गर्नु भएको आश्रमकी सञ्चालक भवानी कोईरालाले जानकारी दिनु भयो । आश्रमले असहाय र अपहेलित वृद्धवृद्धाको पालनपोषण गरेर पुण्यको काम गरिरहेको देखेर आफूले पनि थोरै भएपनि सहयोग गरेको कृषि सामाग्री कम्पनी लि शाखा सर्लाहीका कार्यालय प्रमुख मगरले बताउनु भयो ।
वृद्धसेवाश्रममा आश्रित आमाबुबाहरुका लागि थौरै भएपनि सहयोग पुगोस भनेर आफुले खाद्यान्न सहयोग गरेको मगरले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech