Close This

सर्लाही ट्राफिक प्रहरीद्धारा आ.व.७७÷०७८ मा २ करोड भन्दा बढी राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१४ गते   ८४ पटक हेरिएको

 जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७७÷०७८ मा रु २ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ कोसाउन महिना देखि असार मसान्त सम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले रु २ करोड ७ लाख ५१ हजार ५ सय राजश्व संकलन गरेको हो ।
ट्राफिक नियम विपरित सञ्चालीत सवारी साधनहरुलाई कार्बाही गरि आर्थिक वर्ष २०७७÷०७८ को साउन महिना देखि असार मसान्त सम्ममा रु रु २ करोड ७ लाख ५१ हजार ५ सय राजश्व  गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले जानकारी दिनुभयो ।ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित सञ्चालीत २५ हजार १ सय ८७ वटा सवारी साधनहरुबाट रु २ करोड ७ लाख ५१ हजार ५ सय राजश्व  भएको प्रहरी निरिक्षक दोङले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७७÷०७८ को साउनमा  १ हजार ३ सय ४५ वटा साना तथा ठुला सवारी साधनलाई कार्बाही गरि रु ९३ लाख ७ हजार,भदौमा १ हजार २ सय ५८ वटा सवारी साधनहरुलाई कार्बाही गरि रु ९७ लाख ३ हजार,असोजमा २ हजार ३ सय ३ सवारी साधनहरुलाइृ कार्बाही गरि रु १ करोड ६१ लाख २ हजार,कार्तिकमा २ हजार ७ सय ६४ वटा सवारी साधनहरुलाई कार्बाही गरि रु १ करोड ८० लाख ३ हजार,मंसिरमा २ हजार ६ सय ५० वटा सवारी साधनहरुबाट रु १ करोड ८४ लाख ५ सय,पौषमा  २ हजार २ सय ५० वटा सवारी साधनहरुबाट रु  १ करोड ६९ लाख ५ सय,माघमा १ हजार ९ सय ५० वटा सवारी साधनहरुबाट रु १ करोड ६१ लाख ५ हजार,फागुनमा २ हजार वटा सवारी साधनहरुबाट रु १ करोड ९९ लाख ८ हजार,चैत्रमा २ हजार ७ सय ७८ वटा सवारी साधनहरुबाट रु २ करोड ४० लाख ९ हजार ५ सय, वैशाखमा २ हजार वटा सवारी साधनहरुबाट रु २० लाख ६३ हजार,जेठमा २ हजार सवारी साधनहरुबाट रु १९ लाख ८९ हजार र असारमा १ हजार ८ सय ५९ वटा सवारी साधनहरुलाई कार्बाही गरि रु १ करोड ८२ लाख १ हजार राजश्व संकलन गरिएको कार्यालयले कमलामाई मिडिया प्रालिलाई जनाएको छ ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७७÷०७८ मा १० हजार ७ सय १३ वटा ट्रकलाई कार्बाही गरि रु १ करोड १२ लाख ४० हजार, ४ सय ५३ वटा बसलाई कार्बाही गरि रु ३ लाख ३६ हजार,४ हजार १० वटा कार,जिप,भेनलाई कार्बाही गरि रु २७ लाख ९१ हजार,१ हजार १ सय ८१ वटा ट्याक्टरलाई कार्बाही गरि रु ८ लाख ५२ हजार, ८ हजार ३ सय मोटरसाईकललाई कार्बाही गरि रु ५२ लाख २ हजार र ५ सय ३० टोम्पो तथा अन्य सवारी साधनहरुलाई कार्बाही गरि रु ३ लाख ३० हजार ५ सय गरी कुल २५ हजार १ सय ८७ वटा सवारी साधनहरुलाई कार्बाही गरि रु २ करोड ७ लाख ५१ हजार ५ सय राजश्व गरिएको ट्राफिक प्रहरी निरिक्षक दोङले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०७७÷०७८ मा ८ सय ४९ वटा सवारी दुर्घटना भएका छन् भने ६२ जनाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १ सय १५ वटा सवारी दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०७५÷०७६ मा  १ सय ५९ वटा सवारी दुर्घटना हुँदा ७४ जनाको ज्यान गएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा  २ सय ५३ वटा सवारी दुर्घटना भएकामा ५० जनाको ज्यान गएको कार्यालयले कमलामाई मिडिया प्रालिलाई जनाएको छ ।
यता, ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७४÷०७५ मा २९ हजार ५ सय १ वटा सवारी साधनहरुलाई कार्बाही गरि रु १ करोड ९३ लाख १२ हजार ५ सय,आर्थिक वर्ष २०७५÷०७६ मा २८ हजार ७ सय ४३ वटा सवारी साधनहरुलाई कार्बाही गरि रु १ करोड ९२ लाख ६४ हजार र आर्थिक वर्ष २०७६÷०७७ मा २० हजार १ सय १५ वटा सवारी साधनहरुलाई कार्बाही गरि रु १ करोड ३३ लाख ७७ हजार ५ सय राजश्व संकलन गरेको थियो । विगतका तीन वर्षको तुलनामा यस वर्ष रु ७३ लाख ७४ हजार बढी राजश्व संकलन भएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको समयमा पनि जिल्लामा ट्राफिक प्रहरीको सक्रियताका कारण गत वर्षहरुको तुलनामा यस वर्ष राजश्वमा बृद्धि भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा प्रहरी निरिक्षक दोङ प्रमुख भएर आएपछि ट्राफिक प्रहरीको सक्रियताका कारण अरु वर्षहरुको तुलनामा सवारी साधनहरुको कार्बाही बढेपछि राजश्व बढेको कार्यालयले जनाएको छ ।ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७७÷०७८ मा १८ वटा भारतिय नम्बरका मोटरसाईकलहरुलाई आवश्यक कार्बाहीका लागि राजश्व र भन्सार कार्यालयमा बुझाएको छ भने ४ वटा मोटरसाईकल आवश्यक कार्बाहीको लागि अनुसन्धानको क्रममा कार्यालयमा रहेका प्रहरी निरिक्षक दोङले कमलामाई मिडिया प्रालिलाई बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech