केटाकेटी भागेको विषयमा चन्द्रनगर २ मा विवाद प्रहरीको मोटरसाईकलमा आग्जनी,सयौँ सेल अश्रुग्याँँस प्रहार

1.7k Shares

सर्लाहीको चन्द्रनगर गाउपालिका २ चाँदनी चोकमा प्रहरी र स्थानिय विच झडप हुँदा सयौँ सेल अश्रुग्याँस प्रहार हुनुका साथै प्रहरीको मोटरसाईकलमा समेत आग्जनी भएको छ । चन्द्रनगर गाउँपालिका २,बबरगन्ज स्थित चाँदनी चोकमा स्थानीय एक जोडी युवा युवती राजिखुसी भागेको विषयमा विवाद हुँदा शनिबार दिउँसो प्रहरीले सयौँ शेल अश्रुग्याँस प्रहार गर्नुका साथै प्रहरीको सरकारी मोटरसाईकलमा समेत आग्जनी भएको छ ।
स्थानीय एक जोडी युवा युवती राजिखुसी भागेपछि साह समुदायका केटी पक्षका मानिसहरुले यादव समुदायका केटाको काकालाई धर्मशालामा थुनेर बन्धक बनाएको भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । केटी पक्षका मानिसहरुले प्रहरीलाई धर्मशालामा प्रवेश गरी बन्धक बनाइएका केटाको काकालाई उद्धार गर्न नदिएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
धर्मशालाभित्र प्रहरी पस्न खोज्दा ढुंगामुढा भएपछि बाध्य भएर प्रहरीले सयौँ शेल अश्रुग्याँस प्रहार गरी बन्धक बनाइएको व्यक्तिको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्ररही उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनले एक नम्बरनखुलेको मोटरसाईकलमा समेत आग्जनी भएको बताए पनि इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको सरकारी मोटरसाईकलमा समेत आग्जनी भएको स्थानियले बताएका छन् । 
चन्द्रनगर गाउँपालिका २ का वडा अध्यक्ष शम्भु साहका अनुसार इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको सरकारी मोटरसाईकलमा स्थानियले आग्जनी गरेका हुन । स्थिति नियन्त्रण गर्न बयलवाससहित जिल्ला प्रहरी कार्यालय सर्लाही,इलाका प्रहरी कार्याल लालबन्दीसहित नजिकका प्रहरी युनिटबाट थप मद्धतमा प्रहरी टोली बबरगन्ज पुगेको थियो । घटना स्थलमा पुगेका प्रहरीको मदत टोलीका करिब आधा दर्जन प्रहरी घाइते भएका स्थानियले बताएका छन् ।
केटाका काकालाई बन्धक बनाई ‘केटाकेटी झिका’ भन्दै कुटपीट गर्ने र उद्धार गर्न जाँदा प्रहरी माथि नै ढुंगामुढा गर्ने १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोखरेलले बताए । नियन्त्रणमा लिएका सबैलाई ईलाका प्रहरी कार्यालय बयलवास,केशरगन्जको  हिरासतमा रहेका छन् ।
असोज १३ गतेदेखि भागेका युवायुवती भने ईलाम पुगेको ३ दिनअघि मात्रै थाहा भएको छ । प्रहरीले फेला पारेर बुझाउन खोज्दा युवतीले युवकलाई छाडेर अभिभावक समक्ष आउन अस्वीकार गरिरहेको प्रहरीेले जनाएको छ । राजिखुसी भागेका जोडीमा युवक अन्दाजी २२ वर्षका र युवती अन्दाजी २० वर्षकी रहेकी बुझिएको छ ।स्थानियका अनुसार उनिहरु काठमाण्डौँमा बसेर अध्यायन गर्दथे । तर प्रहरीले आफ्नो सरकारी मोटरसाईकलमा आग्जनी हुँदा र करिब आधा दर्जन प्रहरी घाईते हुँदा पनि प्रहरीले सो कुरालाई गोप्य राखेको छ ।

सम्बन्धित समाचार