Close This

पहिरोले अवरुद्ध पारेको खानेपानीको मर्मत सम्पन्न, शनिबारबाट नियमित वितरण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२६ गते   ३५८ पटक हेरिएको

 सिन्धुलीको वाँस्कटेरी क्षेत्रमा पहिरो जाँदा खानेपानीको वितरणमा अवरोध पुगेको छ । 
विगत केहि दिनदेखि परेको अविरल वर्षाको कारण सो क्षेत्रमा पहिलो जाँदा शिद्धेश्वर खानेपानी उपभोक्ता समिती मार्फत पानीट्यांकी र वर्देउटार क्षेत्रमा वितरण हुने खानेपानी लाइनमा अवरोध पुगेको हो । 
भदौ २३ गते गएको पहिरोले मुहानबाट आउने ३ सय मिटर मुख्य पाइपमा क्षती पुगेको शिद्धेश्वर खानेपानी उपभोक्ता समितीले जनाएको छ ।
शुक्रबार मर्मतको सम्पूर्ण काम सकिएको र शनिबारबाट नियमित पानी  वितरण सुचारु हुने समितिका अध्यक्ष महेन्द्रदेब श्रेष्ठले जानकारी दिनुभयो ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech