Close This

चाडपर्व नजिकिएसंगै ट्राफिक प्रहरी आक्रमक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१ गते   ३७८२ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ ।  विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) का कारण गत चैत्र ११ देखि देशव्यापी लक डाउन घोषणा भएपछि बन्द रहेको र खुलेपछि सवारीको चाप बढेको साथै चाडपर्व लक्षित गरि  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चोकजाँचमा कडाइ  गरेको हो ।
पुर्व पश्चीम लोकमार्गका साथै भित्रि सडक खण्डहरुमा पनि साना तथा ठुला सवारी साधनको चाप बढेपछि सवारी साधनका कागजातहरु, सवारी चालक अनुमति पत्र,यात्रु बाहक सवारी साधनहरुमा यात्रुको संख्या,भाडा लगायतका विषयहरुलाई प्राथमिकतामा राखेर चेकिङ्ग सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले जानकारी दिनु भयो ।
जिल्लाका सबै ट्राफिक प्रहरी युनिटहरुले तादरुकताका साथ सवारी चोकजाँचलाई कडाई गरिएको सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दोङले बताउनु भयो । विगत लामो समयदेखि सवारी साधनहरु सञ्चालन नभएका र पछिल्लो क्रममा एकैचोटी सवारी साधनहरु सञ्चालनमा आउँदा साथै चाडपर्व नजिकिएसंग दुर्घटना बढ्ने आशंकाहरु पनि बढेको भन्दै जिल्लाका सबै ट्राफिक प्रहरी युनिटहरुले तादरुकताका साथ सवारी चोकजाँच सुरु गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech