फिक्कल ५ मा ‘उद्धव स्मृति पार्क’ उद्घाटन,

3.9k Shares

सिन्धुलीको फिक्कल गाउँपालिका ५ स्थित सोल्पामा ‘उद्धव स्मृति पार्क’ को बुधबार उद्घाटन गरिएको छ ।  फिक्कल गाउँपालिकाको १९ लाख ५० हजार र संघीय सांसद कोषको १४ लाख गरी जम्मा रु ३३ लाख ५० हजारमा ‘उद्धव स्मृति पार्क’को निर्माण गरिएको फिक्कल गाउँपालिका ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गणेश कुमार पहाडीले एक कार्यक्रमका बीच ‘उद्धव स्मृति पार्क’को उद्घाटन गर्नु भएको हो । ‘उद्धव स्मृति पार्क’को उद्घाटनले ग्रामीण पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको सांसद पहाडीले बताउनु भयो ।


साविकको सोल्पाठाना गा.वि.स का पूर्व अध्यक्ष स्व.उद्धव खड्काको स्मृतिमा निर्माण गरिएको पार्कमा भित्ते चित्र लेखनका साथै प्रतिक्षालय रहेको छ । मध्यपहाडी राजमार्गको झगरेबेसीबाट उकालो लागेर सोल्पाभञ्ज्याङस्थित सो पार्कहुँदै फिक्कल टापुमा पुग्न सकिने भएका कारण पनि ग्रामीण पर्यटन विकासमा ट्वा पुग्ने अनुमान गरिएको गाउँपाकिलाका अध्यक्ष धनबहादुर कार्कीले बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सस्दस्य तथा सिन्धुली जिल्ला अध्यक्ष एवम बागमती प्रदेश सभा सदस्य राजन दाहाल(लेखनाथ), नेकपा सचिव सदस्य एवम प्रदेश सभा सदस्य प्रदिप कटुवाल, नेकपा केन्द्रीय सदस्य कमलजंग राई, पूर्व सांसद गंगा नेपाल, जिल्ला समन्वय समितिका सभापति शंकर वर्मा, फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार, गाउँपालिकाका जनप्रतिनिधिहरु, सम्पर्क मञ्चका पूर्वअध्यक्षहरु डेकेन्द्र सुवेदी, तारानिधि पोखरेल, अमरबहादुर थापा मगरलगायतको उपस्थिति रहेको फिक्कल गाउँपालिका ५ का वडाध्यक्ष तथा गाउँपाकिलाका प्रवक्ता बरालले बताउनु भयो ।  टेक प्रसाद पहाडी(कुशल)

सम्बन्धित समाचार